२० बैशाख २०८१, बिहिबार | May 3, 2024

चीनमा इन्जिनियरिङ चमत्कार : ८५ वर्ष पुरानो ७६०० टन वजनको भवन ६२ मिटर स्थानान्तरण



के हामी कल्पना गर्न सक्छौं, राष्ट्रपति कार्यालय शितल निवासलाई हालको प्रहरी प्रक्षिक्षण प्रतिष्ठानमा सारेको ? के कल्पना गर्न सक्छौं सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय गृहमन्त्रालय नजिकैको खाली जमिनमा सारेको ?

सक्दैनौं । किनकी त्यो हाम्रो कल्पनाभन्दा पनि बाहिरको विषय हो । हामी त हाम्रा पुरातात्विक हैसियतका भवनलाई रेट्रोफिट गर्ने कि नयाँ बनाउने भनेर गलफत्ति गर्दै वर्षौ बिताउँछौं । तर, हाम्रो छिमेकी चीन ! चीनमा यस्ता काम सम्भव छन् । र गरिन्छन् ।

त्यसो त, विश्वमा अनेकौं नयाँ नयाँ काममा चीनले कीर्तिमान कायम गर्दै आएको छ । विज्ञान प्रविधिमा अमेरिकालाई उछिनिसकेको चीनले देख्दा सामान्य लाग्ने तर कसैले गर्न नसकेका कामलाई देखाउँदै चमत्कार गरिरहेको छ ।

पाँच वर्ष पहिले ५७ तले भवन मात्र १९ दिनमा पुरा गरेका थिए चिनिया इन्जिनियरहरुले । वर्ष २०२० को जनवरी अन्तिम साता कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सात दिनमै १ हजार बेड बढीको अस्पताल बनाएर विश्वलाई चकित बनाएकै हुन् उनीहरुले ।
अहिले फेरि अर्को आश्चर्यको काम गरेका छन् ।

सांघाईका इन्जिनियरहरुले हालै ७ हजार ६०० टनको विशालयकाय भवनलाई नभत्काइकन एक स्थानबाट (पूर्ववत जगबाट) अर्को स्थानमा सारेका छन् । त्यो पनि निकै पुरानो भवन !

हो । सन् १९३५ मा बनेको एक विशाल भवनलाई चिनियाँ इन्जिनियरहरुले एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गरेका छन् । पाँच तल्लो प्राथमिक विद्यालय भवनलाई पुरानो जगबाट उठाएर केही दुरी पर सारिएको छ । र, यो भवन सार्न उच्चस्तरीय अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ ।

स्थानीय प्रशासनका अनुसार, यो पुरानो भवनसँगै नयाँ प्रोजेक्ट सुरु हुँदैछ । त्यसका लागि यो भवनले अल्झाएको थियो । ८५ वर्ष पुरानो यो भवन भत्काउनका लागि उनीहरुलाई अनुमति थिएन । त्यसैले चिनियाँ इन्जिनियरहरुको दिमागमा फुर्यो, भवन भत्काउने हैन, भवन जस्ताको तस्तै पूर्ववतस्थानबाट केही पर सारिदिने !

इन्जिनियरहरुसँग यो भवन भत्काउने विकल्प मात्रै थियो । तर उनीहरुले त्यस्तो सोच्दै सोचेनन् । बरु उनीहरुले यो ऐतिहासिक भवनलाई सिफ्ट गर्ने ऐतिहासिक निर्णय लिए ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार इन्जिनियरहरुको एक टिमले प्राविधिको मद्दतबाट भवनलाई उठाए । र, १९८ रोवोटिक टाँगाको माध्यमले केही मिटर टाढा पुर्याए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार क्रंक्रिटले बनेको हजारौं टनको यस भवनलाई ६२ मिटर पर सारिएको छ ।

यत्रो भवन ६२ मिटर सार्न अब कतिदिन लागेहोला ? अर्को उत्सुकता जाग्छ ? यो पनि आश्चर्यकै कुरा छ । मात्र १८ दिन !

हो, १८ दिनमा इन्जिनियरहरुले ५ तल्ले ७ हजार ६०० टनको विशाल भवनलाई ६२ मिटर पर सार्न सफल भए ।

सीसीटीभीका अनुसार स्थानीय प्रशासनले अब यो ऐतिहासिक भवनलाई संरक्षण गर्ने निर्णय गरेको छ । त्यसका लागि भवनको मर्मतको काम पनि हुँदैछ ।

त्यसो त एक भवनलाई एक स्थानबाट अर्को स्थानमा सार्ने कैयौं तरिका छन् । सामान्यता विकसित देशका इन्जिनियरहरुले ठूलो प्लेटफर्मको मद्दतले मात्रै भवनहरु सार्ने गरेका छन् । जसलाई निकै ठूलो क्षमतायुक्त रेल या क्रेनले मात्रै तान्न सक्छ ।

तर, यसपटक चिनियाँ इन्जिनियरहरुले रोबोटिक लेग्स (रोबोटद्वारा नियन्त्रित खुट्टा)को प्रयोग गरेका छन्, जसको पैतलामा मजबुत पाङ्ग्रा लगाइएको थियो । चिनियाँ इन्जिनियरहरुले पहिलो पटक यो तरिकालाई अपनाएका हुन् ।

यद्यपी ध्यान दिनुपर्ने कुरा यो छ कि सांघाईका इन्जिनियरहरुसँग भवन सिफ्ट गर्ने कैयौं अनुभव छन् ।

यसअघि सन् २०१७ मा १३५ वर्ष पुरानो एवं करिब २ हजार टनको ऐतिहासिक बौद्ध मन्दिरलाई मुल जगबाट लगभग ३० मिटर सारिएको थियो । ३० मिटर सार्नका लागि त्यतिबेला १५ दिन लागेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ११ : ०२ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक