२९ बैशाख २०८२, सोमबार | May 13, 2025

रुपन्देहीका ९९ जनाले दशैं मान्न नपाउने भए, कोरोना संक्रमितको संख्या ६ हजार नजिक पुग्यो



बुटवल । वडा दशैंका पूर्वसंध्यामा रुपन्देहीका ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आईतबार ३७ महिला ६२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । वडा दशैंको टिका थाप्ने तयारी गरिरहेका उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि टिका थाप्नबाट बन्चित भएका छन् ।

आईतबार थपिएका कोरोना संक्रमितहरुमा बुटवलमा ४२ जना, तिलोत्तमामा ३१ जना, सिद्धार्थनगरमा १४ जना, सैनामैना र सुद्धाधनमा ४।४ जना तथा दृवदह, कन्चन, सियारी र ओमसतियामा १।१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको प्रेस नोटमा उल्लेख गरिएको छ ।

जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ५८०६ जना पुगेका छन् भने ६२ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले पनि रुपन्देहीमा २२३७ जना बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ३७ बजे

पूर्वपश्चिम राजमार्गको चोरमारामा पुल भासियो, राजमार्ग पूर्ण अवरुद्ध

नवलपुर । राजमार्गको पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्रीले गरे उद्घाटन

काठमाडौ । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम । सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा