४ पुस २०८२, शुक्रबार | December 20, 2025

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा कोरोना संक्रमण



काठमाडौं । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख नाघेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८९ लाख ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ४५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ११ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५२ हजार १८६ जनाको मृत्यु भएको छ । ८६ लाख २४ हजार १२६ जना संक्रमित भएकोमा ३४ लाख ९१ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको