११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा कोरोना संक्रमण



काठमाडौं । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख नाघेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८९ लाख ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ४५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ११ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५२ हजार १८६ जनाको मृत्यु भएको छ । ८६ लाख २४ हजार १२६ जना संक्रमित भएकोमा ३४ लाख ९१ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ३१ बजे

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौं जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस

गण्डकी । धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा आज विहान दुर्घटना

धादिङ बस दुर्घटना अपडेट : दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

मलेखु । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी

कालीगण्डकी लोकमार्ग : लमाएखोलामा दुईवर्षमा सम्पन्न हुनुपर्ने पुल आठ वर्षपछि सम्पन्न

पर्वत । उत्तर-दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत

बुटवलमा वडाध्यक्षसहित ५५ जना युवाहरु एमालेमा समाहित, विष्णु पौडेलले गरे स्वागत

बुटवल । बुटवलमा निर्वाचित वडाध्यक्षसहित ५५ जना युवा नेकपा एमालेमा