१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई चीनको जवाफ : चीन–भारत सीमामा तिम्रो स्थान छैन



अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चीन विरुद्ध दिएको अभिव्यक्तिप्रति चीनले कडा विरोध गरेको छ ।

पोम्पियोले भारतबाट चीन विरुद्ध गरेको अभिव्यक्तिप्रति नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले क्रुद्ध प्रतित्रिया जनाउँदै अर्काको देशविरुद्ध नबोल्न चेतावनी दिएको हो ।

चिनियाँ दूतावासले पोम्पियोले पुरानो झुठ दोहोराएको, अन्तराष्ट्रिय सम्बन्धका मापदण्डको धज्जी उडाएको आरोप लगाउँदै चीन–भारत सीमा विवादमा तेस्रो पक्षको हस्तक्षेपलाई कुनै स्थान नभएको स्पष्ट पारेको छ । सीमा विवाद दुई पक्षीय मामिला भएको बताउँदै चीनले समस्या समाधानका लागि दुई मुलुक सक्षम हुने जनाएको छ ।

भारतसँग २ प्लस २ बैठकपछि अमेरिकी विदेशमन्त्री पोम्पियोले चीन यस क्षेत्रका लागि खतरा भएको आरोप लगाएका थिए । उनले अमेरिका भारतको सार्वभौमसत्ताका लागि भारतीय जनतासँग रहेको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टी लोकतन्त्रको दुश्मन भएको आरोप लगाएका थिए । पोम्पियोले चीनले कानुनको शासन, पारदर्शिता र समुद्री स्वतन्त्रताको दुश्मन भएको आरोप लगाएका थिए ।

पोम्पियोले श्रीलंका पुगेर बुधबार पनि चीन विरुद्ध झन कडा आरोप लगाएका छन् । उनले कोलम्बोमा श्रीलंकाली समकक्षी दिनेश गुणवर्दनेसँगको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा चीन यस क्षेत्रको भक्षक भएको गम्भीर आरोप लगाएका थिए ।

गैरकुटनीतिक भाषा प्रयोग गर्दै नयाँ दिल्लीमा जस्तै कोलाम्बोमा पोम्पियोले भनेका छन् ‘गलत सम्झौताहरु, सार्वभौमसत्ताको उल्लङ्घन र भूमि तथा समुन्द्रमा हावी भएको कानुनविहीनताको स्थितिले यो क्षेत्रमा चिनियाँ कम्युनिष्ट पार्टी एउटा भक्षकको रुपमा अघि बढेको छ । तर अमेरिका फरक ढंगले मित्रवत रुपमा आउँछ । हामी मिलेर यस क्षेत्रको विकास र सुरक्षा गरौं ।’

यद्यपी, सोही पत्रकार सम्मेलनमा श्रीलङ्काका विदेशमन्त्री गुणवर्दनेले आफ्नो देशले सबैसँग राम्रो सम्बन्ध र शान्ति चाहेको बताएका थिए । उनले भनेका छन्, ‘श्रीलङ्का एउटा तटस्थ र असंलग्न राष्ट्र हो, यो शान्तिप्रति प्रतिबद्ध छ,’ उनले सो पत्रकार सम्मेलनमा भने, ‘हामी अमेरिका र अन्य देशहरुसँग हाम्रो सम्बन्धलाई निरन्तरता दिन चाहन्छौं।’

चीन श्रीलंकाको सबैभन्दा ठूलो विकास साझेदार मुलुक हो भने श्रीलंका बेल्ट एण्ड रोड इनिसियटिभको सक्रिय सदस्य देश हो । पोम्पियोको अभिव्यक्ति विरुद्ध श्रीलंकास्थित चिनियाँ दूतावासले कडा प्रतिक्रिया जनाउँदै यस क्षेत्रमा निहुँ नखोज्न चेतावनी दिइसकेको छ ।

भारतस्थित चिनियाँ दूतावासले पनि बुधबार जारी गरेको विज्ञप्तिमा यस क्षेत्रमा अमेरिकाले विभिन्न समुहहरुलाई प्रयोग गर्दै भड्काउन खोजेको आरोप लगाएको छ ।

शितयुद्धकालिन सोचले ग्रसित अमेरिकी अधिकारीहरुले पुरानैं सोच दोहोर्याँदै भूराजनीतिक अस्थिरता निम्त्याउन खोजेका छन्, चिनियाँ दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तमा भनिएको छ, ‘अमेरिकीहरुले कुटनीतिको विश्वव्यापी मान्यतालाई लत्याउँदैछन् । अन्य देशसँग चीनको सम्बन्धलाई उक्साउँदै छन् । यसले शितयुद्धकालीन मानसिकता र वैचारिक पूर्वाग्रहलाई उजागर गर्छ । चीन यसप्रति दृढ विरोध गर्दछ ।’

कोरोना भाइरसबारे अमेरिकी प्रतिक्रियामाथि टिप्पणी गर्दैै चीनले अमेरिकाले आफ्नो असफलता ढाक्न चीनलाई आरोप लगाएको जनाएको छ ।

चिनियाँ जनता र इतिहासले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई स्वीकार गरेको जनाउँदै चीनले कम्युनिष्ट पार्टीकै नेतृत्वमा कोरोना भाइरसको महामारी विरुद्ध रणनीति जित हासिल गरेको दाबी गरेको छ । स्वतन्त्र अन्तराष्ट्रिय संस्थाहरुको सर्वेक्षणका आधारमा समेत चीनमा सन्तुष्टिको मापन अधिक रहेको जनाउँदै चीनले यस तथ्यलाई कसैले तोडमरोड गर्न नसक्ने स्पष्ट पारेको छ ।

चीनले अरुलाई आरोप लगाउनु भन्दा आफ्नो देशको महामारी रोक्न माइक पोम्पियो र अमेरिकी अधिकारीहरुलाई सुझाव समेत दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी आशा गर्छौ कि अमेरिकी कुटनीतिज्ञहरु आफ्नो देशभित्रको महामारी नियन्त्रणमा ध्यान दिनेछन् । अर्कोलाई आरोप लगाउनुभन्दा आफ्ना जनताको जीवन बचाउन ध्यान दिनेछन् ।’

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ३ : ३७ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको