२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

प्रदेश २ नेकपाका ३७ नेताद्वारा मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्लाका नेता मुकेश चौरसियाका हत्या प्रकरणले पार्टीभित्र झन ठूलो विवाद सिर्जना भएको छ ।

प्रदेश २ का ३७ जना नेताहरूले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै चौरसियाका हत्यारालाई कारबाही गर्न माग गरेका हुन् ।

नीहरूले हत्यारामाथि किटानी जाहेरी दर्ता नगर्ने पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई समेत कारवाहीको माग गरेका छन्  ।

उनीहरूले पार्टीका पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटी सचिब मुकेश चौधरीको हत्याको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचारको माग गरेका छन् ।

चौरसिया हत्या प्रकरणले नेकपाभित्र ठुलो विवाद सिर्जना भएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहले कार्वाहीको गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कार्वाही गर्न रोक लगाएको इतर नेताहरूको आरोप छ ।

यही कात्तिक ६ गते नेकपाका दुई समुहबीच गाउँमा भएको एक कार्यक्रममा आसनग्रहणको विषयमा भएको झडपमा ओली पक्षका मान्छेले गरेको आक्रमणमा चौरसिया घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

बुधबार प्रचण्ड र माधव नेपाल निकटका केन्द्रीय नेताहरुको बैठक बसेपछि चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै विज्ञप्ति जारी गरेका हुन् ।

बैठक नेकपा केन्द्रीय सदस्य एवं प्रदेश २ का सह–ईन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको थियो ।  बैठकमा स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित प्रदेश २ का ओली इतरका नेताहरू सहभागी थिए।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ४८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात