१४ असार २०८३, आइतबार | June 28, 2026

प्रदेश २ नेकपाका ३७ नेताद्वारा मुकेश चौरसियाका हत्यारालाई कारवाहीको माग



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको पर्सा जिल्लाका नेता मुकेश चौरसियाका हत्या प्रकरणले पार्टीभित्र झन ठूलो विवाद सिर्जना भएको छ ।

प्रदेश २ का ३७ जना नेताहरूले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै चौरसियाका हत्यारालाई कारबाही गर्न माग गरेका हुन् ।

नीहरूले हत्यारामाथि किटानी जाहेरी दर्ता नगर्ने पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई समेत कारवाहीको माग गरेका छन्  ।

उनीहरूले पार्टीका पर्सा जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटी सचिब मुकेश चौधरीको हत्याको जाहेरी यथाशीघ्र दर्ता गरी हत्यारालाई कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचारको माग गरेका छन् ।

चौरसिया हत्या प्रकरणले नेकपाभित्र ठुलो विवाद सिर्जना भएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहले कार्वाहीको गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले कार्वाही गर्न रोक लगाएको इतर नेताहरूको आरोप छ ।

यही कात्तिक ६ गते नेकपाका दुई समुहबीच गाउँमा भएको एक कार्यक्रममा आसनग्रहणको विषयमा भएको झडपमा ओली पक्षका मान्छेले गरेको आक्रमणमा चौरसिया घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

बुधबार प्रचण्ड र माधव नेपाल निकटका केन्द्रीय नेताहरुको बैठक बसेपछि चौरसियाका हत्यारालाई कारवाहीको माग गर्दै विज्ञप्ति जारी गरेका हुन् ।

बैठक नेकपा केन्द्रीय सदस्य एवं प्रदेश २ का सह–ईन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बसेको थियो ।  बैठकमा स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित प्रदेश २ का ओली इतरका नेताहरू सहभागी थिए।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ४८ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट