५ श्रावण २०८३, मंगलबार | July 21, 2026

११ तोला सुन भएको झोला ३ घण्टासम्म बसपार्कमा बेवारिसे !



बुटवल । बुटवल बसपार्कमा ३ घण्टा बेवारिसे अवस्थामा रहेको झोलामा ११ तोला सुन फेला परेको छ ।

यही कात्तिक १२ गते मध्यान्हबाट बसपार्कमा देखिएको झोला कसैले नउठाएपछि प्रहरीले लगेकोमा झोलामा अन्दाजी ११ तोला सुनको गहना फेला परेको थियो ।

१२ गते अपरान्ह ५ बजे प्रहरीमा सैनामैनाका जीवन पोखरेलले आफ्नो भाउजु बिन्दु पोखरेलको झोला बुटवल बसपार्क नजिकैको भुडकिचोकबाट हराएको उजुरी दिएका दिएका थिए ।

उजुरीकै आधारमा प्रहरीले झोला खोज्दै जाँदा उजुरी परेको करिव ३ घण्टा पछि बुटवल बसपार्कमा बेवारिसे झोला फेला पारेको थियो । झोला खोलेर हेर्दा सुनका गरगहना फेला परेपछि ईलाका प्रहरी कार्यालयमा बुझाईएको थियो ।

आवश्यक प्रमाण बुझी फेला परेको झोला उजुरी कर्ता जिवन पोखरेललाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सशस्त्र द्वन्द्वकालदेखि नै सडक किनारमा भेटिने बेवारिसे झोलाहरुमा बिस्फोटक पदार्थ भेटिने र बिस्फोटबाट जनधनको क्षति हुने गरेदेखि सर्वसाधारणले बाटोमा भेटिने झोला छुन डराउने गरेको पाइएको प्रहरीले बताएको छ ।

गहना सहितको झोला फेला परेपछि सुन धनी पोखरेलले प्रहरीलाई धन्यवाद व्यक्त गरेकी थिईन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ८ : ५० बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले