१७ बैशाख २०८१, सोमबार | April 29, 2024

देउवाले बोलाए काँग्रेस शिर्ष नेताहरुको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शिर्ष नेताहरुको छलफल बोलाएका छन् ।

आगामी सोमबार बोलाइएको सो छलफलमा २१ गते बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यसमिति बैठकअघि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग छलफल गर्न खोजेका छन् ।

गत असोजमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ कन्द्रीय नेताले सभापतिको कार्यशैली विरुद्ध केन्द्रीय कार्यालयमा लिखित प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि असोज १७ गते सोही विषयमा छलफलका लागि बैठक बसेको थियो ।

तर, १९ गते बोलाइएको बैठक भने केन्द्रीय नेताहरुलाई कोरोना संक्रमण देखिएपछि स्थगित गरिएको थियो ।

आगामी सोमबार बोलाइएको शिर्ष नेताहरुको बैठकमा सभापति देउवाले रामचन्द्र पक्षलाई मनाउने प्रयास गर्ने बुझिएको छ ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १ : ०० बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव