१७ बैशाख २०८१, सोमबार | April 29, 2024

संघीय सरकारले खोलेपनि स्थानीयतहले गर्न थाले ‘लकडाउन’, म्याग्दीको सदरमुकाम बेनीमा एक सातकालागि बन्दाबन्दी



बेनी । म्याग्दी जिल्लामा लक्षण सहितका कोरोना संक्रमित भेटिने क्रम बढेपछि सदरमुकाम बेनी बजारमा स्थानीय प्रशासनले लकडाउन जारी गरेको छ । जिल्लामा हरेक दिन कोरोना संक्रमित थपिन थालेपछि प्रशासनले शुक्रबार रातीदेखि लागू हुने गरि एक हप्ताका लागि लकडाउन (बन्दाबन्दी) घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक १४ गते राती १२ बजेदेखि २१ गते १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार लकडाउनको घोषणा गरिएको बताए ।

म्याग्दी उद्योग बाणिज्य संघले बजारमा स्वास्थ्य मापदण्ड पालना नभएको र भिडभाड पनि बढेको भन्दै यस अघि नै लकडाउन गर्न आग्रह गरेको थियो ।

प्रशासनद्धारा जारी सूचनामा बेनी नगरपालिका, वडा कार्यालयहरु, सदरमुकाम स्थित बैंक, बित्तिय संस्था र सरकारी कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा सेवा बन्द हुने उल्लेख छ ।

सुचनामा औषधी बाहेकका पसहलहरु खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ ।

लकडाउनको सुचनामा अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ ।

लकडाउनको अवधिमा संक्रमित फेला परेका छिमेकी जिल्लाबाट म्याग्दीमा आवत जावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् । केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका ब्यवसायी, सहकारिका कर्मचारी र स्थानीयबासीमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेपछि प्रशासनले कडाई गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : १७ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको