१ चैत्र २०८२, आइतबार | March 15, 2026

संघीय सरकारले खोलेपनि स्थानीयतहले गर्न थाले ‘लकडाउन’, म्याग्दीको सदरमुकाम बेनीमा एक सातकालागि बन्दाबन्दी



बेनी । म्याग्दी जिल्लामा लक्षण सहितका कोरोना संक्रमित भेटिने क्रम बढेपछि सदरमुकाम बेनी बजारमा स्थानीय प्रशासनले लकडाउन जारी गरेको छ । जिल्लामा हरेक दिन कोरोना संक्रमित थपिन थालेपछि प्रशासनले शुक्रबार रातीदेखि लागू हुने गरि एक हप्ताका लागि लकडाउन (बन्दाबन्दी) घोषणा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, म्याग्दीले कात्तिक १४ गते राती १२ बजेदेखि २१ गते १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कोरोना संक्रमण थप फैलन नदिन बेनी नगरपालिकाको आग्रह र कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार लकडाउनको घोषणा गरिएको बताए ।

म्याग्दी उद्योग बाणिज्य संघले बजारमा स्वास्थ्य मापदण्ड पालना नभएको र भिडभाड पनि बढेको भन्दै यस अघि नै लकडाउन गर्न आग्रह गरेको थियो ।

प्रशासनद्धारा जारी सूचनामा बेनी नगरपालिका, वडा कार्यालयहरु, सदरमुकाम स्थित बैंक, बित्तिय संस्था र सरकारी कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा सेवा बन्द हुने उल्लेख छ ।

सुचनामा औषधी बाहेकका पसहलहरु खेल्नका लागि बिहान ८ देखि १० बजे (दुई घण्टा)को समय तोकिएको छ ।

लकडाउनको सुचनामा अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक लगाइएको छ ।

लकडाउनको अवधिमा संक्रमित फेला परेका छिमेकी जिल्लाबाट म्याग्दीमा आवत जावत नगरिदिन समेत प्रशासन र नगरपालिकाले आग्रह गरेका छन् । केही दिनयता जिल्ला सदरमुकाम बेनी बजारका ब्यवसायी, सहकारिका कर्मचारी र स्थानीयबासीमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेपछि प्रशासनले कडाई गरेको हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ९ : १७ बजे

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना