६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

तुलसीपुर १८ का कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु



नेपालगन्ज । दाङको तुलसीपुरबाट उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुगेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर १८ का ७० वर्षिय पुरुषको आज अपरान्ह २ः४५ बजे मृत्यु भएको बाँके जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका उनीमा कोरोनाको लक्षण देखिएपछि १४ गते स्वाव संकलन गरिएको थियो । आज बिहान मात्र कोरोना संक्रमण पुष्टि भएको उनको अपरान्ह २ः४५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज मात्र बाँकेमा बाहिरीस् जिल्लाबाट उपचार गर्न आएका २ जनाको मृत्यु भएको छ । आज भएको मृत्युसँगै अन्य जिल्लाबाट बाँकेमा उपचार गर्न आएका १९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ५ : २१ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा