४ पुस २०८२, शुक्रबार | December 20, 2025

सवारी दुर्घटनामा छोराको मृत्यु , बाबु घाइते



चितवन । भरतपुरमा भएको सवारी दुर्घटनामा आज एकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार अपरान्ह पौने ३ बजे भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकमा ग्याँस बुलेटमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ५ बस्ने २४ वर्षिय मनोज सुनारको मृत्यु भएको हो ।

मोटरसाइकल चालक ४८ बर्षिय खडक बहादुर सुनार घाइते भएका छन । मृत्यु हुने छोरा र घाइते हुने बाबु रहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार पुर्वपश्चिम लोकमार्ग अन्तर्गत टाँडी बाट भरतपुरतर्फ आउँदै गरेको नम्बरको ग्यास बुलेटमा सोही दिशाबाट आउँदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकलले ओभर टेक गर्ने क्रममा NL01AB9235 नम्बरको ग्यास बुलेटको बिच भागमा ठोकिदा दुर्घटना भएको हो । बुलेट चालक राजु कुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ८ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको