४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

कैलालीमा जीप दुर्घटना एकको मृत्यु, १४ जना घाइते



डडेल्धुरा । कैलालीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिकामा-४ मा जीप दुर्घटना हुँदा मोहन्याल गाउँपालिका-२ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा परी १४ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका-८ का ६० वर्षीय खडक रावललाई नेपालगञ्ज रेफर गरिएको छ।

आइतबार दिउँसो मोहन्याल गाउँपालिका-४ को बाजपानिमा सु प प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

ब्रेक फेल हुँदा जीप दुर्घटना भएको प्रहरीकोे अनुमान छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ०७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म