१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

कैलालीमा जीप दुर्घटना एकको मृत्यु, १४ जना घाइते



डडेल्धुरा । कैलालीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिकामा-४ मा जीप दुर्घटना हुँदा मोहन्याल गाउँपालिका-२ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार दुर्घटनामा परी १४ जना घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका-८ का ६० वर्षीय खडक रावललाई नेपालगञ्ज रेफर गरिएको छ।

आइतबार दिउँसो मोहन्याल गाउँपालिका-४ को बाजपानिमा सु प प्र ०१००१ च २६२३ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइतेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।

ब्रेक फेल हुँदा जीप दुर्घटना भएको प्रहरीकोे अनुमान छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ०७ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा