२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

कर्मचारी नहुँदा सेवाग्राही प्रभावित



काभ्रे । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ देवीटारस्थित इलाका प्रशासन कार्यालयका कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही सेवाबाट वञ्चित भएका छन् ।

कार्यालयका प्रमुखसहितको सबै कर्मचारी कार्यालयमा उपस्थित नभएपछि सेवाग्राही पुगेर दुःख मात्रै पाएका छन् । महाभारत गाउँपालिका–८ का रमेश सिंतान र जितराम सिंतान र वडा ६ का सुस्मिता बजुले नागरिकता बनाउन सो कार्यालय पुगेपनि त्यत्तिकै फर्केको गुनासो गरे ।

कार्यालयका कामु प्रमुख रामप्रसाद तिमल्सिनाले भने कामको शिलशिलामा जिल्ला सदरमुकाम आएको बताए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने कामु कार्यालय प्रमुख कार्यालयको कामको शिलशिलामा सदरमुकाम आएको र छिट्टै फर्कने जानकारी पाएको बताए । विसं २०७५ साल जेठ ९ गते सो कार्यालय स्थापना गरी सेवा शुरु गरिएको थियो ।

कार्यालयबाट नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि वितरण र राहदानीका लागि सिफारिशसँगै शान्ति सुरक्षा कायम, लागुऔषध र मदिराजन्य पदार्थको नियन्त्रण गर्न स्थानीयस्तरमा समन्वय गरेर काम गर्न अधिकार प्रत्यायोजन गरिएको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : १५ बजे

विराटनगरमा सोरुम फुटाएर कार चोरी, युवा जना पक्राउ

विराटनगर । विराटनगरमा सोरुम फुटाएर कार चोरी गर्ने युवा पक्राउ

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको