२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु



चितवन । भरतपुर अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका पुरुष हुन भने अर्की धादिङकी महिला हुन् ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए ।

उनको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल अवस्था आएपछि कोभिड आईसीयूकक्षमा राखेर उपचार हुँदै आएको थियो ।

यस्तै अर्का कोरोना संक्रमित धादिङको नीलकण्ठ नगरपालिका ३ की ६१ वर्षीय महिला छन् । श्वासप्रश्वासमा समस्या भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

स्वास्थ्यमा थप समस्या भएपछि कात्तिक ९ गते कोभिड आईसीयू कक्षमा उपचाररत उनको सोमबार बिहान २:५५ मा मृत्यु भएको पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ०६ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित