२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ



धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही-५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।

घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् ।

बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ५७ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा