२० आश्विन २०८३, मंगलबार | October 6, 2026

एकैदिन चितवन मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना चितवनका छन भने एकजना नवलपुरका छन् ।

अस्पतालले दिएको जानकारी अनुसार संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो ।

मधुमेहको समेत समस्या भएका उनको उपचारको क्रममा आइतबार राति ९:१९ मा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् ।

कात्तिक १३ गते कोभिड पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । निमोनियाँ र मधुमेहलगायत रोगबाट ग्रसित उनको आइतबार राति ९:४३ मा मृत्यु भएको डा.अधिकारीले जानकारी दिए ।

यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डा. अधिकारीका अनुसार कात्तिक १३ गते अस्पताल भर्ना भएका उनको १४ गते कोरोना पोजेटिभ पुष्‍टि भएको थियो ।

श्वासप्रश्वासको समस्या भएर अस्पतालमा भर्ना भएका उनको आइतबार राति ११:२६ मा मृत्यु भएको अधिकारीले बताए । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ४५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११