४ पुस २०८२, शुक्रबार | December 20, 2025

एकैदिन चितवन मेडिकल कलेजमा ३ जना कोरोना संक्रमितको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना चितवनका छन भने एकजना नवलपुरका छन् ।

अस्पतालले दिएको जानकारी अनुसार संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो ।

मधुमेहको समेत समस्या भएका उनको उपचारको क्रममा आइतबार राति ९:१९ मा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए । यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् ।

कात्तिक १३ गते कोभिड पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । निमोनियाँ र मधुमेहलगायत रोगबाट ग्रसित उनको आइतबार राति ९:४३ मा मृत्यु भएको डा.अधिकारीले जानकारी दिए ।

यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डा. अधिकारीका अनुसार कात्तिक १३ गते अस्पताल भर्ना भएका उनको १४ गते कोरोना पोजेटिभ पुष्‍टि भएको थियो ।

श्वासप्रश्वासको समस्या भएर अस्पतालमा भर्ना भएका उनको आइतबार राति ११:२६ मा मृत्यु भएको अधिकारीले बताए । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको