४ पुस २०८२, शुक्रबार | December 19, 2025

एक करोड रुपैयाँसहित तीनजना हुण्डी कारोबारी पक्राउ



काठमाडौं । हुण्डीको एक करोड रुपैयाँसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीनजनालाई पक्राउ गरेको छ ।

रकमसहित झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार सिआइबीले पक्राउ गरेको हो ।

उनीहरूका साथबाट स्रोत नखुलेको एक करोड रूपैयाँ बरामद गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ ८ सय अमेरिकी डलर बरामद गरिएको छ ।

उनीहरूले गैरकानुनी मानिएको हुण्डीको कारोबार गरेको प्रहरीको दाबी छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डिआईजी सहकुल थापाले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको