२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पार्टी विभाजन जोगाउन राष्ट्रपति भण्डारीद्वारा वामदेव गौतमलाई आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न गौतम मंगलबार साँझ राष्ट्रपति निवास शितलनिवास पुगेका थिए । भेटमा भण्डारीले पार्टीलाई विभाजन हुनबाट जोगाउन भुमिका खेल्न गौतमलाई आग्रह गरेकी थिइन । गौतमलाई भेट्न राष्ट्रपति भण्डारी आफैले बोलाएकी थिएन ।

सत्तारुढ नेकपाभित्र चर्किएको चरम अन्तर्संघर्ष फुटको अवस्थामा पुगेको भनिएका बेला राष्ट्रपति भण्डारीले गौतमसँग गरेको भेटलाई अर्थपुर्ण मानिएको छ ।

भण्डारीले गौतमलाई विगतमा जस्तै यसपटक पनि पार्टी एकता जोगाउन भुमिका खेल्न आग्रह गरेको गौतमका स्वकीय सचिव विश्वमणि सुवेदीले जनाएका छन् । राष्ट्रपतिसँग आधा घण्टा छलफल गरेका गौतमले आफुले सक्दो पहल गर्ने जनाएका थिए ।

उपाध्यक्ष गौतम पछिल्ला दिनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिक रहेका छन् । यही आइतबार प्रचण्ड निवास खुमलटारमा भएको प्रचण्ड नेपाल छलफलमा गौतम पनि सहभागी भएका थिए ।

नेकपाभित्र यतिबेला दुई अध्यक्षबीच अन्तर्संघर्ष चरम अवस्थामा पुगेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध अविश्वासको प्रस्ताव आएपछि दुई अध्यक्षबीच विवाद बढेको छ ।

यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि र भारतीय गुप्तचर प्रमुख सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेपछि विवाद झन बढी चर्किएको छ ।

यसअघि गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै विवादलाई साम्य बनाएको भनिएको थियो । तर, दुई महिना नपुग्दै नेकपाभित्रको युद्धविराम भंग भएको देखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ०२ बजे

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा

उच्चस्तरीय भ्रमणले घनिष्ट हुँदैछ नेपाल-जापान सम्बन्ध

काठमाडौं । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपालको औपचारिक भ्रमणमा