नवलपरासी । कालीगण्डकी कोरिडोर निर्माणको क्रममा बुलिङ्गटार गाउँपालिका वडा नं ३ सिंगुवाको घुम्तीमा सडक निर्माणको काम गरेका पाँच जनाको पहिरोमा पुरिएर ज्यान गएको छ ।
बुधबार अपरान्ह बुलिङ्गटार गाउँपालिका वडा नं ३ को खसुवाटार र सिगुंवाको बीचमा रहेको पहिरो पन्छाउने क्रममा पहिरोले पुरिएर बुलिङ्टार गाउँपालिका वडा नं ४ का एकै गाउँ र टोलका पाँच जनाले ज्यान गुमाएका बुलिगंटार गाउँपालिका अध्यक्ष शशी बस्ताकाेटीले बताए ।
बुलिङ्टार गाउँपालिका वडा नं ४ का बर्ष २८ का तुलबहादुर सारु मगर, बर्ष २० का गोपाल गरँजा मगर, बर्ष ४२ का सुनबहादुर पूलामी मगर, बर्ष २० का ताराबहादुर लुगेंली मगर र बर्ष २० का चेतबहादुर अस्लामी मगरको ज्यान गएको र उनीहरु सबै अर्खला ढुँग्रे गाउँका बासिन्दा रहेको गाउँपालिका अध्यक्ष बस्ताकाेटीले बताए ।
सदरमुकाम कावासोतीबाट झण्डै ४० किलोमिटर पहाडी उत्तरी क्षेत्रको बुलिगंटार गाउँपालिका वडा नं ३ मा भएको सो घटनामा थप दुई जनालाई भने उद्दार गरी गम्भीर अबस्थामा भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
घटनामा गम्भीर घाईते सोही गाउँका बर्ष २१ का कृष्णा लुगेंली मगर र बर्ष २० का केबल सिहं लुगेंली मगर रहेको प्रहरीले जनाएको छ । मृतकको शब भने केहीबेर अघि मात्र निकाल्न सफल भएको बुलिङ्टार प्रहरी चौकीले जनाएको छ ।
बाटो निर्माणका क्रममा डोजरले माथि खन्दै गर्दा एक्कासि पहिरो झरे पछि काम गर्दै गरेका उनीहरुले पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया