१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

पूर्वपतिको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु



सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ मा पूर्वपतिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ । २९ वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै मृत्यु गएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

होमबहादुर र सोमा श्रीमान्-श्रीमती भए पनि २०७७ वैशाखदेखि सोमा स्थानीय २७ वर्षीय नन्दराज राईसँग बस्दै आएको पाइएको छ । स्थानीय कुमार राईको घरमा बुधबार साँझ भेट भई विवाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरी टाउको तथा शरीरको अन्य विभिन्‍न भागमा हान्दा सोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।

घटनाको विषयमा प्रहरीमा जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी निरीक्षक अनिल माबोहाङको टोली गई हत्या आरोपमा होमबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रासस

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  १० : ३४ बजे

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका

उद्योगमा आगलागीबाट पाँच करोडको क्षति

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी