६ श्रावण २०८३, बुधबार | July 22, 2026

२१ देखि ३० वर्ष उमेरका युवामा सबैभन्दा बढी कोरोना संक्रमण



काठमाडौं । प्रतिरोधात्मक क्षमता बलियो भएकालाई कोराना संक्रमण हतपती हुँदैन भनिन्छ । तर, नेपालको तथ्य फरक छ । यहाँ सबैभन्दा बढी संक्रमण २१ देखि ३० वर्ष उमेरका व्यक्तिमा भएको छ । बिहीबारसम्म तिनको संख्या ५३ हजार २ सय ६९ पुगेको छ ।

त्यस्तै, ३१ देखि ४० वर्ष उमेरका ४९ हजार ७ सय २४ संक्रमित छन् । ४१ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका संक्रमित २९ हजार ९ सय ९२ छन् । यो तथ्यांकले मुख्यतः कामकाजमा निस्कने जनसंख्या बढी संक्रमित भएको देखाउँछ ।

बालबालिका र वृद्धवृद्धामा भने कम संक्रमण देखिएको छ । नेपालमा मात्र नभई अन्यत्र पनि प्रायः यस्तै छ । ‘मैले अध्ययन गर्दा युवाहरू बढी संक्रमित भएको नेपालमा मात्रै होइन’, भाइरलोजिस्ट डा बाबुराम मरासिनी भन्छन्, ‘अन्य मुलुकमा पनि युवा नै बढी संक्रमित छन् ।’

डा मरासिनीका अनुसार युवा जनशक्ति कामका सिलसिलामा बाहिर बढी निस्किने भएकाले उनीहरू धेरै संक्रमित भएका हुन् । अहिले कामकाजी युवा नै छन्’, उनी भन्छन्, ‘उनीहरू नै बढी बाहिर निस्किन्छन् । हाम्रा काम गर्ने ठाउँ प्रायः असुरक्षित छन् । यस्तोमा युवा न वृद्ध सबैलाई उत्तिकै जोखिम हुन्छ । भाइरसको लोड कम हुँदा खासै लक्षण नदेखिन सक्छ ।

भाइरसको लोड बढी भए लक्षण देखिन्छ ।’ सेवा दिने ठाउँमा सुरक्षा नहुँदा संक्रमण बढी फैलिएको उनको ठम्याइ छ । प्रायः कार्यालय साँघुरा कोठा, क्रस भेन्टिलेसन नभएका हुन्छन्’, उनी भन्छन्, ‘यस्तो ठाउँमा संक्रमणको जोखिम हुन्छ । जहाँ काम गर्ने युवा नै हुन्छन् । त्यसैले संक्रमण पनि बढी युवामा देखिएको हो ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुन अबको मुख्य चुनौती नै युवा जनशक्ति भएको बताउँछन् । ‘हिजो कामको सिलसिलामा बाहिरी देश वा भारतबाट आउने पनि युवा थिए ।

यहाँ पनि कामकाजी सबै युवा छन्’, डा पुन भन्छन्, ‘बाहिर हिँडडुल युवा नै गर्छन् । त्यसैले युवामा बढी संक्रमण देखियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ५४ बजे

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न