४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

नेकपा सचिवालय बैठक धुम्बाराहीमा जारी, ओली र थापासहित चार सदस्य अनुपस्थित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको चरम अन्तसंघर्षका बीच प्रचण्डले बोलाइएको सचिवालय बैठक सुरु भएको छ ।

कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको छ ।

दिउँसो ३ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजि श्रेष्ठ उपस्थित रहेका छन् ।

अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय रामबहादुर थापा र इश्वर पोखरेल अनुपस्थित छन् ।

नेकपाको ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा खुलेर लाग्ने पौडेल र पोखरेल मात्रै रहेका छन् भने थापा अझै पनि रिजर्व बसिरहका छन् ।

दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने विषयमा सहमति नभएपछि प्रचण्डले अनौपचारिक बैठक बोलाएका हुन् । तर यो बैठक पनि पार्टी केन्द्रीय कार्यालयमा बसेको एक पक्षको बैठक मात्रै जस्तो भएको छ ।

पछिल्लो केही दिन यता कर्णाली प्रदेशको सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव र त्यसपछिको प्रतिक्रिया, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको प्रधानमन्त्री ओलीसँग मध्यरातमा भएको भेटवार्ता र मन्त्रिपरिषद विस्तारबारे नेकपाभित्र चर्किएको विवाद चरमोत्कर्षमा पुगेको छ ।

यसअघि गत असारदेखि भदौसम्म पनि विवाद बढेर नेकपा झण्डै फुटको अवस्थामा पुगेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ११ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म