१४ असार २०८३, आइतबार | June 28, 2026

नेकपा सचिवालय बैठक धुम्बाराहीमा जारी, ओली र थापासहित चार सदस्य अनुपस्थित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको चरम अन्तसंघर्षका बीच प्रचण्डले बोलाइएको सचिवालय बैठक सुरु भएको छ ।

कार्यकारी अध्यक्षको हैसियतमा अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको छ ।

दिउँसो ३ बजेपछि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजि श्रेष्ठ उपस्थित रहेका छन् ।

अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसिरहेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय रामबहादुर थापा र इश्वर पोखरेल अनुपस्थित छन् ।

नेकपाको ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा खुलेर लाग्ने पौडेल र पोखरेल मात्रै रहेका छन् भने थापा अझै पनि रिजर्व बसिरहका छन् ।

दुई अध्यक्षबीच सचिवालय बैठक बोलाउने विषयमा सहमति नभएपछि प्रचण्डले अनौपचारिक बैठक बोलाएका हुन् । तर यो बैठक पनि पार्टी केन्द्रीय कार्यालयमा बसेको एक पक्षको बैठक मात्रै जस्तो भएको छ ।

पछिल्लो केही दिन यता कर्णाली प्रदेशको सरकार विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव र त्यसपछिको प्रतिक्रिया, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलको प्रधानमन्त्री ओलीसँग मध्यरातमा भएको भेटवार्ता र मन्त्रिपरिषद विस्तारबारे नेकपाभित्र चर्किएको विवाद चरमोत्कर्षमा पुगेको छ ।

यसअघि गत असारदेखि भदौसम्म पनि विवाद बढेर नेकपा झण्डै फुटको अवस्थामा पुगेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ४ : ११ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट