१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

नागढुंगामा ठूलो मात्रामा पटाका बरामद



काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको मुख्य प्रवेशद्धार नागढुङ्गामा ठूलो मात्रामा पटाका बरामद गरी नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले तिहारका लागि काठमाडौं उपत्यका भित्र्याउँदै गरेको दुई लाख ७६ हजार थान पटाका बरामद गरी आज नष्ट गरेको हो ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५५ नम्बरको यात्रुबाहक बसमा चेकजाँचका क्रममा बसको सिटमुनी लुकाएर ल्याएको अवस्थामा १० बोरा पटाका प्रहरीले बरामद गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले रु १४ लाख मूल्य बराबरको पटाका बरामद गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका र स्थानीय जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा बस चालक कञ्चनपुरका ३० वर्षीय नविन जोशीलाई पक्राउ गरेको छ । यस्तै आजै रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७११४ नम्बरको बस चेकजाँचका क्रममा समेत पटाका फेला परेको छ ।

थानकोट प्रहरीले गरेको चेकजाँचमा आठ हजार ४०० थान खुर्सानी पटाका, ८० थान गमला पटाका, १०० थान वुलेट पटाका, १९० थान रकेट पटाका बरामद गरेको हो । प्रहरीले उक्त पटकासहित रौतहटका पिन्टु जैसवाललाई पक्राउ गरेको छ ।

दुवै घटनामा पक्राउ परेकालाई मुलुकी अपराध संहिता, २०७४ अनुसार विष्पोटक पदार्थ सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ७ : ४० बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा