५ चैत्र २०८२, बिहिबार | March 19, 2026

ओली फकाउन प्रचण्ड-नेपालसहितका नेताहरु बालुवाटारमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसहित पाँच सचिवालय सदस्यहरु अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्डको आह्वानमा बसेको सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई भेट गरेर पार्टीको बैठक बोलाउन आग्रह गर्ने सहमति गरेको थियो । यद्यपी, सो बैठकमा ओलीसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय इश्वर पोखरेल एवं रामबहादुर थापा अनुपस्थित भएका थिए ।

ओलीलाई सामुहिक रुपमा भेटेर पार्टी बैठक बोलाउन मनाउनका लागि प्रचण्डसहितका नेताहरु बालुवाटार पुगेका हुन् । दुई अध्यक्षबीच पटकपटक भेट भएपनि पार्टीभित्र पछिल्लो चरणमा देखा परेको विवाद समाधानका लागि सहमति निस्कन सकेको छैन । बरु, पार्टी थप संकट र जटिल मोडमा पुगेको छ ।

नेकपा स्रोतका अनुसार दुवै समुहले सांसदहरुको हस्ताक्षर संकलन समेत पुनः सुरु गरेका छन् । पार्टी एकताको पक्षमा रहेका कतिपय नेताहरुले भने दुवैतिर हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

गत बैशाख र असारपछिको अवस्थामा जस्तै यति बेला पनि दुवै समुहले आ–आफ्नो रणनीति बनाउँदै पार्टी फुटको अवस्था आए के गर्ने भन्ने रणनीति मात्रै बनाइरहेका छन् । यद्यपी, पार्टी फुटको दोष आफ्नो पक्षलाई नलागोस भन्नका लागि दुवै समुहले एक अर्कोलाई सकेजति दोषारोपण गरिरहेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध आएको अविश्वासको प्रस्ताव र त्यसपछि उत्पन्न परिस्थिति, भारतीय गुप्तचर प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री ओलीको भेटघाट र मन्त्रिपरिषद् विस्तार लगायतका विषयका कारण नेकपाभित्र अहिले चरम द्वन्द्व बढेको छ ।

गत भदौ २६ गते बसेको नेकपा स्थायी कमिटीको बैठकको निर्णयलाई कार्यान्वयन भन्दा पनि दुवै समुहले आ–आफ्नो ढंगले व्याख्या गर्दा नेकपामा  समस्या उत्पन्न भएको हो ।

 

 

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : १९ बजे

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा