१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

दाङका थप एक कोरोना संक्रमितको भेरी अस्पताल नेपालगन्जमा मृत्यु



नेपालगन्ज । कोरोना सक्रमणका कारण नेपालगन्जमा थप एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १५ का ५९ बर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा १५ का ती पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार बिहान ५:२५ मृत्यु भएको बाँके कोभिड-१९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।

संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो ।

योसंगै दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

साथै बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । त्यसमध्ये २८ जना बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएकाहरु छन् भने अन्य ३५ जना बाँके जिल्लाका रहेका छन ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : २३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा