२ पुस २०८२, बुधबार | December 17, 2025

प्रचण्डसहित ५ नेताद्वारा पार्टी बैठक बोलाउन ओलीसँग लिखित आग्रह



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओलीसँग लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले ओलीलाई शनिबार भेट गरेर सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलीमै बैठक बोलाउन लिखित माग गरेको उनले बताए । श्रेष्ठले भने, ‘‘सकभर भोलि नभए पर्सिसम्म बैठक बसेर गम्भिरतापूर्वक छलफल गरौ र पार्टीलाई एकतावद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वनयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौ भनेर अनुरोध गरिएको हो ।’’

कोभिड—१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताए । यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णयको कार्यान्वयन अगाडी बढ्न नसकेको अवस्थाको समिक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उनले बताए।

कार्यकारी अध्यक्ष प्रचण्डले पटक पटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाई छ । बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उनले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  २ : ३६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन