काठमाडौं । शनिबार थप २ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ४२३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७५३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शनिबार २ हजार २०६ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
देशभर हालसम्म कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । यसैगरी निको हुनेको संख्या पनि १ लाख ५५ हजार ११४ पुगेको छ ।
शनिबारसम्म देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म संक्रमित हुनेको संख्या १ हजार ८७ पुगेको छ ।
प्रतिक्रिया