१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई पक्राउ



नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बट्टार बजारबाट पक्राउ गरेको छ ।

घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु-याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले शनिबार पक्राउ गरेको हो ।

अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो ।

सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार बरामद भएसँगै ‘घुस रिसवत् भ्रष्टाचार’ मुद्दामा कारवाहीका लागि उनीहरुलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँले कारवाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : ४५ बजे

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका