१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

गुल्मीको रेसुङ्गामा पौवाको सेवा सुरू, आमन्त्रितलाई ५ जिल्लाका परिकारले स्वागत



गुल्मी । होटल पौवाले गुल्मीको रेसुङ्गामा आफ्नो नयाँ शाखामार्फत सेवा संचालनमा ल्याएको छ ।

आमन्त्रितहरुलाई पौवाका शाखा रहेका विभिन्न जिल्लाका स्थानीय परिकारको स्वाद पस्कँदै पौवाले रेसुङ्गामा नयाँ शाखाको सेवा आरम्भ गरेको हो ।

सेवा संचालनसँगै ३ दिन विशेष कार्यक्रम गर्दै रेसुङ्गामा सञ्चालित रिसोर्टमा आमन्त्रित गरिएका पाहुनाहरुलाई शाखा रहेका जिल्लाका परम्परागत खाना चखाउने कार्यक्रम राखिएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार विशेष कार्यक्रमअन्तर्गत आमन्त्रितहरुलाई जुम्लाको गेडागुडीको सुप, दाङको थारु समुदायको ढिक्रि र माछाको अचार, रुपन्देही-कपिलवस्तुको प्रतिनिधित्व हुने गरी बौद्ध दर्शन अनुसारको सुजाता खिर, पाल्पाको चुकौनी तथा गुल्मीको बोकाको सुपको स्वाद चखाइएको छ ।

पौवाले कर्णाली प्रदेशको जुम्लासहित लुम्बिनी प्रदेशको लमही, भालुवाङ, गोरुसिङ्गे, बुटवल, भैरहवा र पाल्पाबाट सेवा दिँदै आएको छ ।

सेवा शुभारम्भको पहिलो दिन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुषाल सहित कार्यपालिकाका पदाधिकारी, गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, गुल्मी प्रहरी प्रमुख प्रबिण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : २७ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको