१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

गुल्मीको रेसुङ्गामा पौवाको सेवा सुरू, आमन्त्रितलाई ५ जिल्लाका परिकारले स्वागत



गुल्मी । होटल पौवाले गुल्मीको रेसुङ्गामा आफ्नो नयाँ शाखामार्फत सेवा संचालनमा ल्याएको छ ।

आमन्त्रितहरुलाई पौवाका शाखा रहेका विभिन्न जिल्लाका स्थानीय परिकारको स्वाद पस्कँदै पौवाले रेसुङ्गामा नयाँ शाखाको सेवा आरम्भ गरेको हो ।

सेवा संचालनसँगै ३ दिन विशेष कार्यक्रम गर्दै रेसुङ्गामा सञ्चालित रिसोर्टमा आमन्त्रित गरिएका पाहुनाहरुलाई शाखा रहेका जिल्लाका परम्परागत खाना चखाउने कार्यक्रम राखिएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार विशेष कार्यक्रमअन्तर्गत आमन्त्रितहरुलाई जुम्लाको गेडागुडीको सुप, दाङको थारु समुदायको ढिक्रि र माछाको अचार, रुपन्देही-कपिलवस्तुको प्रतिनिधित्व हुने गरी बौद्ध दर्शन अनुसारको सुजाता खिर, पाल्पाको चुकौनी तथा गुल्मीको बोकाको सुपको स्वाद चखाइएको छ ।

पौवाले कर्णाली प्रदेशको जुम्लासहित लुम्बिनी प्रदेशको लमही, भालुवाङ, गोरुसिङ्गे, बुटवल, भैरहवा र पाल्पाबाट सेवा दिँदै आएको छ ।

सेवा शुभारम्भको पहिलो दिन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुषाल सहित कार्यपालिकाका पदाधिकारी, गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, गुल्मी प्रहरी प्रमुख प्रबिण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : २७ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको