६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कञ्चनपुरमा एकतर्फी सीमास्तम्भ नाप्न आएका सुरक्षाकर्मीलाई स्थानीयले लखेटे



कञ्चनपुर । कञ्चनपुर स्थित नेपाल भारतको सिमाक्षेत्र बेलौरीको दशगजामा एकतर्फी रुपमा सीमा नापजाँच गर्न आएका भारतीय अर्धसैनीक बल एसएसबीका सुरक्षाकर्मीलाई स्थानीयले फिर्ता पठाएका छन् ।

आइतबार विहान बेलौरी १० स्थित नेपाल-भारत सीमा स्तम्भ ३२ देखि ३४ नम्बरसम्मको पिलर निरीक्षण गर्ने भन्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले नेपाली भूमिमा पसेर नापिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई नापजाँच गर्न रोक लगाएका थिए । स्थानीसँगको केही समयको वादविवादपछि थप नागरिकहरु जम्मा हुनथालेपछि सुरक्षाकर्मीहरु भारत तर्फ फर्केका थिए ।

बेलौरी १० भुडा भन्ने ठाउँको सीमामा नेपाली नागरिक र एसएसबीबीच वादविवाद भएको घटनास्थल पुगेका सीमा सरोकार समूहका सदस्य हरिश चन्दले पुष्टि गरे ।

सीमा निरीक्षण र पिल्लरको फोटो खिच्न आएको भनेर बोर्डरबाट ८०।१०० मिटर नेपाली सिमाना भित्र आएर डोरीले नेपालीको लालपुर्जा भएको जमिन नापिरहेको अवस्थामा स्थानीयले उनीहरुलाई अवरोध गरेका थिए ।

नेपालको स्थानीय प्रशासनसँग समन्वय गरेरमात्र सिमा अनुगमन गर्नु पर्नेमा नगरेको र पछि उनीहरुले कमजोरी स्विकार गर्दै माफी मागेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : ३८ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र