५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बर्दियाको नरभक्षी बाघ एक हप्तापछि निकुञ्जको नियन्त्रणमा



बर्दिया । बर्दियाको गेरूवा गाउँपालिकामा मानिस र घरपालुवा जनावर माथि आक्रमण गरेर आतंक मचाईरहेको पाटे बाघ नियन्त्रण लिईएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरुमा आतंक मच्चाएको बाघलाई बाघ नियन्त्रण टोलीले आईतबार दिउँसो १ बजे नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय बर्दियामा बाघले घर पालुवा जनावरसँगै मान्छेको ज्यान नै लिई आतंक मच्चाएको थियो । करिब एक हप्ता देखीको प्रयासले बाघलाई नियन्त्रणमा आएको होे । बाघ नियन्त्रण टोलीले एक हप्ता अघिदेखि बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएको गेरूवा गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाघ नियन्त्रणमा लिने प्रयास जारी राखेको थियो ।बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको प्राविधिक टोलीले डार्ट (बेहोस) बनाएर बाघलाई नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।

पछिल्लो समय त्यसक्षेत्रमा बाघले घर पालुवा जनावरसँगै मान्छेको ज्यान नै लिई आतंक मच्चाएको थियो । बाघ नियन्त्रणमा आएपछि स्थानियले केही राहत महशुस गरेका छन ।

बर्दियामा बाघको आक्रमणबाट ६ जना बढीको मृत्यु भईसकेको छ ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : २८ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी