४ पुस २०८२, शुक्रबार | December 19, 2025

पैचो नपत्याउने बंगलादेशसँगै सरकारले ग-यो मल किन्ने निर्णय



काठमाडौं । सरकारलाई बंगलादेशले पैचोमा मल दिन नपत्याएपनि सरकारले बंगलादेशसँगै मल किन्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशसँग मल किन्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

कृषि मन्त्रालयको प्रस्तावमा बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने निर्णयलाई मन्त्रिपरिषदले सैद्धान्तिक सहमती दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

मल आयातका लागि ठेक्का कबोल गरेका दुई ठेकेदार कम्पनी सारदा अधिकारीको शैलुङ इन्टरप्राइजेज र हरेराम कोइरालाको होनिको मल्टिपलले समयमा मल नल्याएपछि सरकारले बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने प्रस्ताव गरेको थियो । तर बंगलादेशले पैंचो नपत्याएपछि सरकारले उसैसँग मल किन्ने निर्णय गरेको हो। ती कम्पीनहरुसँग कृषि सामग्री कम्पनी लिमिटेडले भाद्र महिना मित्र २५।२५ हजार मेट्रिक टन युरिया आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

समयमा मल नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएनन् । सिमावर्तीका किसानहरुले भने भारतबाट चोरीबपैठारी गरि धानखेतमा मल हाले पनि सिमाबाट टाढा रहेका किसानहरुको मल नहाली धान पाकेको छ । सरकारले अब किन्न थालेको मल भने गहुँका लागि काम लाग्ने बताईएको छ ।

आजको मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन तथा योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ। त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्नेछन्।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको