१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पैचो नपत्याउने बंगलादेशसँगै सरकारले ग-यो मल किन्ने निर्णय



काठमाडौं । सरकारलाई बंगलादेशले पैचोमा मल दिन नपत्याएपनि सरकारले बंगलादेशसँगै मल किन्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशसँग मल किन्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

कृषि मन्त्रालयको प्रस्तावमा बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने निर्णयलाई मन्त्रिपरिषदले सैद्धान्तिक सहमती दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

मल आयातका लागि ठेक्का कबोल गरेका दुई ठेकेदार कम्पनी सारदा अधिकारीको शैलुङ इन्टरप्राइजेज र हरेराम कोइरालाको होनिको मल्टिपलले समयमा मल नल्याएपछि सरकारले बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने प्रस्ताव गरेको थियो । तर बंगलादेशले पैंचो नपत्याएपछि सरकारले उसैसँग मल किन्ने निर्णय गरेको हो। ती कम्पीनहरुसँग कृषि सामग्री कम्पनी लिमिटेडले भाद्र महिना मित्र २५।२५ हजार मेट्रिक टन युरिया आपूर्ति गर्ने सम्झौता गरेको थियो ।

समयमा मल नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएनन् । सिमावर्तीका किसानहरुले भने भारतबाट चोरीबपैठारी गरि धानखेतमा मल हाले पनि सिमाबाट टाढा रहेका किसानहरुको मल नहाली धान पाकेको छ । सरकारले अब किन्न थालेको मल भने गहुँका लागि काम लाग्ने बताईएको छ ।

आजको मन्त्रिपरिषद बैठकले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन तथा योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ। त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्नेछन्।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : २५ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को