५ चैत्र २०८२, बिहिबार | March 19, 2026

अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न एनआरएनएको आग्रह



काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएन) ले विदेशमा अलपत्र श्रमिकको सहयोगार्थ पैसा पठाउन सहजीकरण गर्न माग गरेको छ ।

संघले गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा श्रम तथा वैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसी र मन्त्री ज्ञवालीबीच सिहंदरवारमा भएको भेटमा उक्त माग गरिएको हो ।

भेटमा विशेषत मलेसिया, मध्यपूर्व एवंम अन्य विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको समस्याका बारेमा मन्त्री ज्ञवालीको ध्यानार्कषण गराइएको थियो ।

कोभिड–१९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरुको सहयोगको लागि नेपालबाट पैसा पठाउने प्रकृयालाई सहजीकरण गर्न मन्त्री ज्ञवालीसँग अनुरोध गरिएको थियो ।

भेटमा उपाध्यक्ष केसीले गैरआवासीय नेपाली संघको सकृयतामा स्थापना हुन लागेको एनआरएनए फाउण्डेशनको दर्ता प्रकृयाको लागि आवश्यक कानुनी व्यवस्था गर्न आग्रह गरेका छन् ।

यस्तैमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारीमा संघले खेलेको भूमिका प्रति खुसी व्यक्त गरे । मन्त्री ज्ञवालीले संघले उठाएका विषयमा मन्त्रालयका अधिकारीहरुसंग छलफल गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

भेटमा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानाको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ४ : १७ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर