१६ बैशाख २०८१, आइतबार | April 28, 2024

राजमो अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर, उपचार खर्च जुटाउँदै जनमोर्चा



बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

पहिलेदेखिनै निमोनियको उपचार गराईरहेका उनलाई मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा भर्ना गरेर उपचार भईरहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चाले बिज्ञप्ती प्रकाशित गर्दै केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको जानकारी दिएको छ ।

जनमोर्चाको केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखी उपचार गर्नुपर्ने भएको भन्दै उपचारमा लाग्ने खर्च जुटाउन पार्टी तथा शुभचिन्तकहरूलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सहयोगदाताहरूले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको नाममा रहेको बैंक खाता १४२०००४१७३०१ मा सहयोग रकम जम्मा गरिदिन जनमोर्चाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ३७ बजे

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु

काठमाडौं । दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते

नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना