२८ बैशाख २०८३, सोमबार | May 11, 2026

जीएमई र केएमईबीच कारोबार सम्झौता, हङकङबाट नेपालमा सजिलै रकम पठाउन सकिने



काठमाडौं । हङकङको ख्यातिप्राप्त रेमिटान्स कम्पनी केएमई रेमिटान्स र जीएमई रेमिट प्रालीबीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

सम्झौता भएसँगै अब हङकङमा बस्ने नेपालीहरूलेको सेवा प्रयोग गरी जीएमई रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सक्नेभएका छन् ।

उक्त सम्झौतामा जीएमई रेमिट प्रालीको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत दिवाकर पौडेल र केएमई लिमिटेडको तर्फबाट निर्देशक तथा प्रमुख कार्यकरी अधिकृत गोकर्णप्रसाद ढकालले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

यो सम्झौताअनुसार नेपालमा जीएमई रेमिटसँग आबद्ध १० हजार भन्दा बढी एजेन्टहरूबाट सजिलै नगद भुक्तानी लिन सकिने छ । साथै, नेपालको जुनसुकै बैंकको खातामा तुरुन्त रकम झिक्न मिल्ने गरी जम्मा समेत गर्न सकिनेछ । यसका साथै मोबाइल वालेटमा समेत लोड गर्न सकिने सुबिधा उपलब्ध छ।

जीएमई रेमिट प्रालीले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हासिल गर्न सफल भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ११ : ५५ बजे

विपद्बाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अुनमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र

प्रतिनिधिसभा बैठक : आठ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका

मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया

विद्यार्थी संगठनमाथिको प्रतिबन्धमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको