३ पुस २०८२, बिहिबार | December 18, 2025

पोखराको महेन्द्र पुलमा ट्राफिक बत्ती राखिने



कास्की । बढ्दो ट्राफिक जाम र सवारी दुर्घटना न्यूनीकरणका लागि पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्र महेन्द्रपुलमा ट्राफिक बत्ती (लाइट) राख्‍ने भएको छ ।

बत्ती राख्‍नका लागि बोलपत्र आह्वान भएर निर्माण कम्पनीसँग सम्झौता भइसकेकाले आगामी दुई महिनाभित्रमा लाइट सञ्चालनमा आउने महानगर प्रमुख मानबहादुर जीसीले बताए । हालका लागि महेन्द्रपुलबाट बत्ती राख्ने काम सुरु हुने र आगामी दिनमा सहरका मुख्य-मुख्य चोकमा राख्ने योजना रहेको महानगरले जनाएको छ ।

“पोखरालाई स्मार्ट सिटी बनाउने योजनाअनुसारै महेन्द्रपुलबाट ट्राफिक लाइट राख्ने प्रक्रिया अघि बढाएका छौँ । यहाँ प्रभावकारी भएमा अन्य चोकहरुमा पनि विस्तार गर्छौं,” प्रमुख जीसीले भने ।

ट्राफिक बत्ती राख्नका लागि बिफ्रेन्ड कन्स्ट्रक्सनसँग सम्झौता गरिएको छ । पोखराको महेन्द्रपुलसहित पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, सहिदचोक, जिरोकिमि, हल्लनचोक र बुद्धचोकमा बढी जाम हुने गर्छ ।

पोखरामा यसअघि २०५६ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाले पोखरा कर्मसियल अटो पार्किङसँगको समन्वयमा ट्राफिक लाइट राखे पनि नियमित मर्मतको अभावमाा चार/पाँच वर्षपछि नै बिग्रिएका थिए ।

महानगरले पुनः डेढ दशकपछि ट्राफिक बत्ती राख्ने प्रक्रिया अघि बढाएको हो । ट्राफिक लाइट नहुँदा ट्राफिक आइल्यान्डमा बसेका प्रहरीले हातको इसारामा सवारी व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।

जसका लागि एउटै चोकमा दुईभन्दा बढी ट्राफिक प्रहरी परिचालित हुनुपर्ने बाध्यता रहेकामा बत्ती जडानपछि जनशक्ति कम लाग्ने तथा प्रहरीको काममा सहज हुने बताइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखराको मुख्य बजार क्षेत्रमा मात्र दैनिक ६० को हाराहारीमा ट्राफिक प्रहरी यातायात व्यवस्थापनमा खटिने गरेको जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले ट्राफिक बत्ती जडानबाट सहरको सौन्दर्यसँगै प्रहरीको काममा सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार सुरुमा बत्तीको नियम पालना गराउन चोकहरुमा प्रहरी परिचालन गर्नुपर्ने भए पनि पछि कम जनशक्ति भए पुग्छ ।

कास्कीमा दैनिक ९० देखि १०० को हाराहारीमा ट्राफिक प्रहरी राजमार्ग तथा बजार क्षेत्रमा परिचालित हुँदै आएका छन् । रासस

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : २९ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको