१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बागलुङमा १६ जना जुवाडे पक्राउ



बलेवा । बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडेलाई प्रहरीले नियन्त्रण लिएको छ ।

आइतबार राति बागलुङ नगरपालिका ६, भान्सा र सोही वडाको ठूलढुङ्गा मा जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

ठूलढुङ्‌गाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठजना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् ।

यसैगरी बागलुङ नगरपालिका ६, भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेको बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दीपक सापकोटा, ईश्वर केसी, सागर केसी र दीपेश सापकोटा छन् ।

उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका सबैलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए । रासस

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ३६ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन