३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

बाँकेका पुराना कम्युनिष्ट नेता चन्द्र भुषालको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता चन्द्र भुषालको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा आज साँझ ५ः३० बजे भुषालको मृत्यु भएको हो ।

गत कार्तिक २९ गते स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा पीसीआर परीक्षण गराएका भुषालको ३० गते साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना गरिएको थियो । समस्या जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा पु¥याए लगत्तै अस्पतालले भुषाललाई मृत घोषणा गरेको थियो । उनको ५ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डीडीएमसी)बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समय प्रवासी नेपाली समाज मार्फत राजनिती गरेको भुषाल बिगत ३० वर्ष देखि कोहलपुर नगरपालिका ३ तीनघरुवामा स्थायीरुपमा बस्दै आएका थिए । नेकपा मालेबाट राजनितीमा होमिएका भुषाल केहि समय जनसाँस्कृतिक मञ्च र पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रहेर क्रियाशिल थिए ।

भुषालको मृत्यु भएसँगै बाँकेमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ०५ बजे

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार