१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेका पुराना कम्युनिष्ट नेता चन्द्र भुषालको कोरोना संक्रमणबाट मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता चन्द्र भुषालको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा आज साँझ ५ः३० बजे भुषालको मृत्यु भएको हो ।

गत कार्तिक २९ गते स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा पीसीआर परीक्षण गराएका भुषालको ३० गते साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको थियो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना गरिएको थियो । समस्या जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा पु¥याए लगत्तै अस्पतालले भुषाललाई मृत घोषणा गरेको थियो । उनको ५ः१५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र(डीडीएमसी)बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

लामो समय प्रवासी नेपाली समाज मार्फत राजनिती गरेको भुषाल बिगत ३० वर्ष देखि कोहलपुर नगरपालिका ३ तीनघरुवामा स्थायीरुपमा बस्दै आएका थिए । नेकपा मालेबाट राजनितीमा होमिएका भुषाल केहि समय जनसाँस्कृतिक मञ्च र पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा रहेर क्रियाशिल थिए ।

भुषालको मृत्यु भएसँगै बाँकेमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : ०५ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा