७ आश्विन २०८३, बुधबार | September 23, 2026

पार्टी विभाजनको गद्दारी नगर्न शिर्ष नेतृत्वलाई भीम रावलको सुझाव, योगेश भट्टराई भन्छन् –सर्वाधिक कठिन समय



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शिर्ष नेतृत्वको विवाद चरमोत्कर्षमा पुगेको बेला पार्टी स्थायी कमिटी सदस्यद्वय भीम रावल र योगेश भट्टराईले अप्रिय अवस्थाको संकेत गरेका छन् ।

आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ । यद्यपी, सोही बैठकको समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसअघि आकस्मिक बाहेकको अवस्थामा मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने गरेको थियो । पार्टी बैठक छल्नैका लागि ओलीले प्रयास जारी राखेका छन् । अर्को पक्ष प्रचण्ड–नेपाल पक्षले भने आजै बैठक बस्नुपर्ने र सबै विवाद र प्रस्तावहरु बैठकमा छलफल गर्नुपर्ने अडान कायमै राखेका छन् ।

पार्टीभित्र देखिएको तिब्र ध्रुवीकरणले अप्रिय अवस्थाको संकेतभन्दै नेताद्वय रावल र भट्टराईले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन् ।

नेता भिम रावलले ट्वीटरमा लेखेका छन्, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो,’

रावलले बैठकबाट समस्याको समाधान खोज्नुपर्छ। फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न नेताहरुलाई सुझाव समेत दिएका छन् ।

यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्वीटरमै ‘सर्वाधिक कठिन समय’ लेखेर पार्टीभित्रको गम्भीर संकटको संकेत गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : ११ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज