५ पुस २०८२, शनिबार | December 20, 2025

शान्ति प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुन्छ : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै र सहजै सम्पन्न हुने दाबी गरेका छन् ।

नेपालमा १० वर्षे सशस्त्र युद्धको अन्त्य भै औपचारिक रुपमा शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा अध्यक्ष प्रचण्डले शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा शान्तिप्रक्रियाका जटिल काम सकिएको बताउँदै बाँकी काम सहजै सम्पन्न हुने बताएका हुन् ।

शान्ति प्रक्रियाका एकमात्र जीवित हस्ताक्षरकर्ता समेत रहेका प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापन जस्तो जटिल विषय सफलतापूर्वक टुंगिएका कारण अन्य बाँकी विषयहरुसमेत छिट्टै टुंगिने विश्वास व्यक्त गरे । उनले हतियार व्यवस्थापन र सेना समायोजनलाई भूतपूर्व घटना भएको जिकिर गरे ।

प्रचण्डकै नेतृत्वमा चलेको १० वर्षे सशस्त्र युद्धमा दशौं हजारको ज्यान गएको थियो भयो सयौं नागरिक अझै वेपत्ता रहेका छन् । तर, उनले तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गरी गरी २०६३ साल मंसिर ५ गते आजैका दिन सशस्त्र युद्धको औपचारिक अन्त्य गरेका थिए ।

शान्ति सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि समाजमा युद्धकालमा भएका जघन्य घटनाको सत्य निरुपण र मेलमिलापको औपचारिक काम हुन भने बाँकी नै छ । यस्तै, युद्धकामाल तत्कालिन राज्यसत्ता र विद्रोहीबाट भएका मानवअधिकार हननका घटनामाथि छानविन पुरा भएको छैन भने दुवैपक्षबाट वेपत्ता बनाइएका व्यक्तिहरुको खोजी समेत हुन सकेको छैन । जसका कारण पीडित परिवारहरुमाथि अझै पनि पीडाबोध भैरहेको छ ।

तर प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ताको छानविन सम्बन्धी काम पनि सहजै ढंगले टुंगिने विश्वास व्यक्त गरेका छन् ।

प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गरेको नाताले त्यसलाई सम्पन्न गर्न आफ्नो भूमिका रहने स्पष्ट पारे । नेपालको शान्ति सम्झौता विश्वमा नै अभूतपूर्व राजनीतिक घटना भएको स्मरण गर्दै प्रचण्डले नेपाली मौलिकता र विशेषताअनुसार सम्झौता सम्पन्न भएको दाबी गरे ।

 

 

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : १२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता