१३ श्रावण २०८३, बुधबार | July 29, 2026

चितुवाको छालासहित बुटवलमा ४ जना पक्राउ



बुटवल । बुटवलमा चितुवाको छालासहित चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल ७ को ३० वर्षीय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउंपालिका वडा नं. ४ को २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको प्रहरीले जनाएको छ ।

बुटवलको विशाल होटलबाट शुक्रबार विहान ११ बजे सुराकीको आधारमा जिल्ला प्रहरी, भैरहवा र इलाका प्रहरी बुटवलको संयुक्त टोलीले उनीहरुलाई चितुवाको छालासहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

बरामद भएको छाला ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको छ । पक्राउ गरीएका ४ जना र छालालाई थप अनुसन्धानको लागी अहिले जिल्ला वन कार्यालयमा हिरासतमा राखिएको छ ।

पछिल्लो समय बन्यजन्तू सिकार तथा तस्कर बढिरहेको छ, केही समय अगाडीमात्रै रुपन्देहीबाट दुर्लभ सालकको छाला तस्कर समेत समातिएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ०० बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला