४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितुवाको छालासहित बुटवलमा ४ जना पक्राउ



बुटवल । बुटवलमा चितुवाको छालासहित चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल ७ को ३० वर्षीय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउंपालिका वडा नं. ४ को २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको प्रहरीले जनाएको छ ।

बुटवलको विशाल होटलबाट शुक्रबार विहान ११ बजे सुराकीको आधारमा जिल्ला प्रहरी, भैरहवा र इलाका प्रहरी बुटवलको संयुक्त टोलीले उनीहरुलाई चितुवाको छालासहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

बरामद भएको छाला ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको छ । पक्राउ गरीएका ४ जना र छालालाई थप अनुसन्धानको लागी अहिले जिल्ला वन कार्यालयमा हिरासतमा राखिएको छ ।

पछिल्लो समय बन्यजन्तू सिकार तथा तस्कर बढिरहेको छ, केही समय अगाडीमात्रै रुपन्देहीबाट दुर्लभ सालकको छाला तस्कर समेत समातिएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको