३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

वैज्ञानिक ढङ्गबाट उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न माग



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग गरेका छन् ।

स्थानीयवासीले नयाँ बन्दै गरेको बञ्चरेडाँडा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न माग गरेका हुन् ।

फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं २ र धादिङको धुनिबेंसी नगरपालिका वडा नं २ को बीचमा पर्ने बञ्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने कार्य अन्तिम चरण पुगेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले फोहोरमैला वैज्ञानिक तवरबाट व्यवस्थापन गर्न सरोकार पक्षसँग आग्रह गरेका छन् । सोह्र वर्षदेखि काठमाडौं, भक्तपुर र ललितपुरको फोहोर सिसडोलमा थुपारिँदै आएको छ ।

सो अवधिमा काठमाडौं महानगरपालिकाले १८ बुँदे सम्झौता कार्यान्वयन नगरेर जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी अवैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गरेको स्थानीयवासीको आरोप छ ।

ककनी-३ का वडाध्यक्ष घननाथ बजगाईँले फोहर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसलाई वैज्ञानिक तबरबाट उचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले सम्बन्धित वडा कार्यालयसँग सहकार्य नगरी फोहोर ल्याउने काम भइरहेको आरोप लगाए ।  ककनी-२ का वडाध्यक्ष केदार पौडेलले जुन ठाउँमा फोहोर फाल्ने हो, सो क्षेत्रका जनतासँग सम्झौता हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

ककनी-३ का श्रीराम ढुङ्गाना प्रभावित १३ गाउँको तीन हजार मिटर अधिग्रहण गरेर व्यवस्थापन गर्नुपर्ने माग गर्छन् । स्थानीयवासी युवक दिनेश कार्कीले विगतका मागलाई पूरा नगरेसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिइने चेतावनी दिए । स्थानीयवासी रामभक्त बस्नेतका अनुसार सो क्षेत्रमा रोगका कारण मर्नेको गणना भएको छैन ।

फोहोरका गाडीले किचेर मात्र १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । सो क्षेत्रमा फोहोर फाल्नका लागि पूर्ण रुपमा निषेध गर्न युवाहरु लागिरहेको उनले जानकारी दिए ।

धादिङ, धुनीबेंसी नगरपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले पनि वैज्ञानिक र व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन नगर्ने हो भने यस क्षेत्रमा फोहोर फाल्न नहुने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ४९ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका