३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

वैज्ञानिक ढङ्गबाट उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न माग



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका बासिन्दाले वैज्ञानिक ढङ्गबाट फोहोरमैला व्यवस्थापन गर्न माग गरेका छन् ।

स्थानीयवासीले नयाँ बन्दै गरेको बञ्चरेडाँडा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न माग गरेका हुन् ।

फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं २ र धादिङको धुनिबेंसी नगरपालिका वडा नं २ को बीचमा पर्ने बञ्चरेडाँडालाई दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइट बनाउने कार्य अन्तिम चरण पुगेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले फोहोरमैला वैज्ञानिक तवरबाट व्यवस्थापन गर्न सरोकार पक्षसँग आग्रह गरेका छन् । सोह्र वर्षदेखि काठमाडौं, भक्तपुर र ललितपुरको फोहोर सिसडोलमा थुपारिँदै आएको छ ।

सो अवधिमा काठमाडौं महानगरपालिकाले १८ बुँदे सम्झौता कार्यान्वयन नगरेर जनस्वास्थ्यलाई प्रतिकूल असर पर्ने गरी अवैज्ञानिक तरिकाबाट फोहोरमैला व्यवस्थापन गरेको स्थानीयवासीको आरोप छ ।

ककनी-३ का वडाध्यक्ष घननाथ बजगाईँले फोहर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसलाई वैज्ञानिक तबरबाट उचित व्यवस्थापन गर्नुपर्ने बताए । उनले सम्बन्धित वडा कार्यालयसँग सहकार्य नगरी फोहोर ल्याउने काम भइरहेको आरोप लगाए ।  ककनी-२ का वडाध्यक्ष केदार पौडेलले जुन ठाउँमा फोहोर फाल्ने हो, सो क्षेत्रका जनतासँग सम्झौता हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

ककनी-३ का श्रीराम ढुङ्गाना प्रभावित १३ गाउँको तीन हजार मिटर अधिग्रहण गरेर व्यवस्थापन गर्नुपर्ने माग गर्छन् । स्थानीयवासी युवक दिनेश कार्कीले विगतका मागलाई पूरा नगरेसम्म बञ्चरेडाँडामा फोहोर फाल्न नदिइने चेतावनी दिए । स्थानीयवासी रामभक्त बस्नेतका अनुसार सो क्षेत्रमा रोगका कारण मर्नेको गणना भएको छैन ।

फोहोरका गाडीले किचेर मात्र १९ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । सो क्षेत्रमा फोहोर फाल्नका लागि पूर्ण रुपमा निषेध गर्न युवाहरु लागिरहेको उनले जानकारी दिए ।

धादिङ, धुनीबेंसी नगरपालिका वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले पनि वैज्ञानिक र व्यवस्थित तरिकाले फोहोर व्यवस्थापन नगर्ने हो भने यस क्षेत्रमा फोहोर फाल्न नहुने बताए ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ४९ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख