१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बुटवलमा उठेन २ हप्तादेखि फोहोर, शहरका चाेकदेखि घरको भान्छासम्म दुर्गन्ध



बुटवल । बुटवल उपमहानगरका बजार क्षेत्रमा वातावरण र स्वास्थ्य सम्बन्धी गीत बजाउँदै फोहोर उठाउन ट्याक्टर नआएको झण्डै १५ दिन पुग्यो । हरेक टोलमा एकाबिहानै वातावरणसम्बन्धी चेतनामुलक गीत बजाउँदै फोहर उठाउन घरघर आउने ट्याक्टर २ सातादेखि आउन छाडेपछि बुटवल उपमहानगरका अधिकांश क्षेत्र दुर्गन्धित बन्न थालेको छ । अत्याधिक फोहोर थुप्रिँदा हरेक घर दुर्गन्धित बन्न थालेका छन् ।

भित्रि बजारका केही स्थानीयले मध्यरातको समयमा सडकमा लगेर फोहर बिसर्जन गर्ने गरेका छन् भने केही स्थानीयले तिनाउको पुलबाट फोहोर फाल्ने गरेको दृष्य पनि बुटवलमा देखिन थालेको छ ।

स्थानीयले बिसर्जन गरेको फोहरका कारण उपमहानगरको ट्राफिक चोक, अमरपथ, भुड्की चोक, चाँदवारी लगायतका चोकहरुमा पैदल आवतजावत गर्ने नसकिने गरी दुर्गन्ध फैलिएको छ । ती चौकहरुमा फैलिएको दुर्गन्धले कुनैपनि बेला महामारी फैलिन सक्ने सम्भावना बढाएको छ ।

२ हप्तादेखि फोहोर उठाउन नआएपछि फोहोर बोरामा पोको पारेर राखेको फोहरबाट घरभरी दुर्गन्ध फैलिएको बुटवल ८ सुख्खानगर बस्दै आएकी गृहणी राधा भट्टराईको गुनासो छ । फोहोर उठाउने ट्याक्टर नआएपनि फोहोरको पैसा उठाउन भने उपमहानगरको कर्मचारी घरमै आइरहेकोे भट्टराईले बताइन् । ‘ट्याक्टर नआएपनि पैसा उठाउन भने ठिक टाईममा आएका,’ उनले बताईन्, – ’पर्सिदेखि फोहोर उठछ भनेर पैसा लिएर गए, तर एक हप्ता भो ट्याक्टर आएन ।’

सधैजसो बिहान फोहोर उठाउने ट्याक्टर टोलमा नआउदा बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरका मन्जु बस्नेत पनि दिक्क छिन् । वातावरण जोगाउने सन्देशसहित टोलटोलमा आउने ट्याक्टर नआउँदा घरमा फोहोर थुप्रदै गएको छ । घर वरपर दुगन्र्ध हुँदा बस्न पनि समस्या भएको उनी बताउँछिन् । ‘कहाँ फोहोर ब्यवस्थापन गर्ने दिक्क भएका छौं ’– उनले भनिन् । आजभोलि भन्दा भन्दै एक हप्ता बढी समय भएपछि आइतबार साँझ उनले फोहोरको थुप्रो तिनाउमा बगाइदिइन ।

मञ्जुसँगै छिमेकी ममता श्रेष्ठले पनि आइतबार साँझ घरमा जम्मा भएको फोहोरको थुप्रो तिनाउमा बगाईन । घरमा किचनको फोहोरले दुगन्धित भएपछि विकल्प नहुँदा तिनाउमा फयाक्नुपरेको उनले दुखेसो गरिन । ‘नियमित फोहोर व्यवस्थापनको पैसा बुझाएकै थियौ’, उनले भनिन, ‘पछिल्लोसमय फोहोर उठाउन नआउँदा निक्कै समस्यामा परेका छौं ।’

प्रगतिनगर टोलमा मात्र नभई बुटवल उपमहानगरपालिकाका अधिकाशं टोलको चोकचोकमा फोहोरको थुप्रो देख्न सकिन्छ । बजार क्षेत्रका घरघरबाट फोहोर फ्याकिँदा यसले विभिन्न रोगको संक्रमण हुने डर समेत बढेको चिकित्सकहरु बताउँछन । नगरभित्र कोभिड १९ संक्रमितहरुको संख्या घट्दै गएको फोहोर कै कारण सरुवा रोगहरुको भयावह अवस्था आउनसक्ने उनीहरु बताउँछन् । यसतर्फ सरोकारवालाहरुको छिटो ध्यान जानुपर्ने देखिन्छ ।

बुटवल–११ मा रहेको पैचो पसलमा हरेक दिन १ क्विन्टल फोहोर निस्कन्छ, तर फोहोर उठाउने ट्याक्टर नआएका कारण व्यवस्थापनमा ठुलो समस्या झेल्नु परेको शाखा प्रवन्धक सम्झना श्रेष्ठले गुनासो गर्छिन । ‘३–४ दिनको फोहोर त घरबेटीलाई अनुरोध गरेर बारीमा खाल्डो खनेर गाडियो, दिनदिनै जम्मा हुने फोहोर फाल्न कहाँ जाने ?’ उनले प्रश्न गरिन् ।

उपमहानगरले फोहोर व्यवस्थापनलाई गम्भीरताका साथ नदिएको भन्दै बुटवलका उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । फोहोर नउठेपछि बुटवलका मुख्य व्यवसायिक केन्द्रमा दुर्गन्धका कारण ग्राहकहरु नै जान नसक्ने अवस्था आएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए । संघको पहलमा उपमहानगरले बीचका २ दिन केही क्षेत्रमा ट्याक्टर पठाएपनि त्यसपछि लगातार नआउँदा बजारमा दुर्गन्ध फैलिएको अध्यक्ष कसजुले बताए । ‘संघका उपाध्यक्ष नरेश्वर पौडेल जी आफै ट्याक्टर लिएर पसल पसलमा फोहोर उठाउन हिँड्नु भयो, तर फेरि ट्याक्टर नआएपछि के गर्नु ?’, कसजुले भने ।

बुटवललाई डिजिटल र नमूना शहरको रुपमा विकास गर्ने घोषणा गरेको उपमहानगरले कार्यकालको ४ वर्ष पुग्नै थाल्दा समेत फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सकेको छैन । बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी कतिपय आफ्ना भनेकाहरुले नै फोहोर विसर्जनमा अवरोध गरेकाले समस्या उत्पन्न भएको गुनासो गर्छन् । स्थानीयबासीसँग सहमती र सहकार्य गरेर अस्थायी बाटो पहिल्याए पनि नियोजित रुपमा उनीहरुलाई उक्साउने र फोहोर बिसर्जनमा अवरोध गर्ने गरिएकाले बुटवलमा समस्या देखिएको प्रवक्ता रेग्मीको भनाइ छ । रेग्मीकै पहलमा ४ दिन पहिले वडा नम्बर ११ मा केहि फोहोर बिसर्जन गरिएको थियो, तर त्यहाँपनि स्थानीयलाई उकासेर सामाजिक विरोध गर्न थालिएपछि पुनः फोहोर उठाउन नसकिएको रेग्मीले बताए । ‘एक अर्को स्थानमा बिसर्जनको सहमति भएको छ, मंगलबारदेखि फोहोर उठ्छ’, उनले भने ।’ बिसर्जन गर्ने स्थानको नाम भने उनले भन्न मानेनन् । रेग्मी भन्छन् ‘ठाँउको नाम अहिल्यै भने योजनावद्ध विरोध आउँछ ।’

बुटवल–११ स्थित हात्तीसुड र विनापाते क्षेत्रको बस्ती छेउलाई उपमहानगरले डम्पिङ साइड बनाएकोमा सो स्थानमा फोहोरले भरिएर टाढाटाढा सम्म दुर्गन्ध फैलिन थालेपछि स्थानीयले बिरोध जनाएका थिए । २ साता अघिदेखि स्थानीय विरोधमा उत्रिएपछि उपमहानगरले फोहोर उठाउन छाडेको हो । फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत नरहेपछि स्थानीयले रोक लगाएका थिए ।

स्थानीयबासीसँग शुरुमा हरेक दिन जम्मा हुने फोहोरलाई ४ इन्च मिस्कट वा माटोले पुरेर दुर्गन्ध हुन नदिने उपहमानगरले सहमती गरेपनि उपमहानगरको ट्रकहरुले यत्तिर्क फोहोर फालेर फर्कने गरेको स्थानीयको आरोप छ । सो क्षेत्रलाई अस्थायी ढम्पिङ साईड बनाउने बेला उपमहानगरले नदी तटबन्ध, सडक, विद्युत, पानीलगायत विकासका पूर्वाधार दिने सहमति गरेको भएपनि सहमति पालना नगरेको भन्दै बिरोध गर्नुपरेको स्थानीयको भनाई छ ।

बुटवलमा सञ्चालन गर्न खोजिएको २५ करोड ६२ लाख रुपैयांको एकीकृत फोहरमैला प्रशोधन केन्द्र परियोजना उपमहानगरपालिकाले ठाउँको व्यवस्थापन र स्थानीयलाई सहमतिमा ल्याउन नसक्दा फिर्ता भइसकेको छ । फोहोर बिसर्जनकै शिर्सकमा प्रस्ताव भएको एडीबीका तीनवटै परियोजना उपमहानगरले गुमाईसकेको छ ।

एडीबीको परियोजना गुम्नुमा वर्तमान नगर प्रमुख नै जिम्मेवार रहेको नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज रेग्मी बताउँछन् । एमालेकै नेता भोज प्रसाद श्रेष्ठ सहितको सर्वदलिय संयन्त्रले स्थायी ल्याण्डफिल साईड बनाउन पहल गर्दा वर्तमान नगर प्रमुख शिवराज सुबेदीले अवरोध गरेको आरोप लगाउँदै पाण्डेले अहिले आफैलाई त्यही समस्या परेको बताउँछन् । स्थायी डम्पिङ साईड बनाउन उपमहानगर पूर्णरुपमा असफल भएको उनको आरोप छ ।

पछिल्लो समयमा बुटवल उपमहानगर, सैनामैना नगरपालिका र कञ्चन गाँउपालिकाको संयुक्त लगानीमा सैनामैनामा स्थायी रुपमा अत्याधुनिक डम्पिङ साईड बनाउने कार्य अगाडि बढेको बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बताए । जग्गा प्राप्तीका लागि एआईएको चरणमा प्रवेश गरेको र जग्गा प्राप्ती भएसँगै तीनैवटा स्थानीय तहको फोहोर बिसर्जनले मुर्तरुप लिने प्रमुख सुबेदीले बताए । बुटवल उपमहानगरबासीको योगदानका कारण दुर्गन्धको महामारीबाट बुटवल जोगिएको उल्लेख गर्दै सुबेदीले अझै १–२ दिन धैर्य गरिदिन सुबेदीले आग्रह गरे ।

बुटवल उपमहानगरमा मात्र दैनिक ५३ टन बढी फोहर उत्पादन हुने गरेको छ ।

फाेटाे : दिनेश कुमार श्रेष्ठ

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ११ : २९ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क