८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड



काठमाडौं । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिए ।

भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए ।

सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिनुभयो । सो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ ।

बैंकको ४२ जिल्लामा रहेका १३८ मध्ये ११८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा रु १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  १० : ५२ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति