१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी तयारी कक्षा पढाउन कार्यविधि बनाउने



काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड र कार्यविधि बनाउने भएको छ । तत्काललाई सम्बन्धित मन्त्रालयको सचिवले स्वीकृतका लागि सिफारिस गर्ने भए पनि दीर्घकालीनका लागि मापदण्ड र कार्यविधि बनाइने मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए ।

सरकारले राष्ट्रसेवक कर्मचारीलाई लोकसेवा आयोगबाट वा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा गएर वा अनलाइनबाट प्रशिक्षण दिन अनुमति बेगर पठाउन रोक लगाएको छ ।

सहसचिव वा सोभन्दा माथिका कर्मचारीलाई मन्त्रिपरिषद् र अन्य कर्मचारीले सामान्य मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरिएको छ । उनले निजामती सेवा व्यवस्थित र मर्यादित बनाउन स्वीकृत बेगर पठाउन नपाउने व्यवस्था गरिएको बताए ।

“कर्मचारीले मुलुकको चौतर्फी विकास, समृद्धि र नागरिकको हितमा काम गर्नुपर्नेमा टियुसन पढाउनतिर बढी ध्यान गयो”, उनले भने, “जसले गर्दा जुन उद्देश्यका साथ निजामती प्रशासन हुनुपर्ने हो । त्यो भएन, त्यसैले तयारी कक्षामा अङ्कुश लगाएर निरुत्साहित गर्न खोजिएको हो ।”

मन्त्रालयले स्वीकृत बिना कुनै कर्मचारी प्रशिक्षण कार्यमा संलग्न भएरनभएको सम्बन्धमा सरकारी निकायबाट कडाइका साथ अनुगमन गर्ने र प्रशिक्षण गरेको पाइएमा कारवाही गर्ने भनिएको छ ।

यसअघि पनि सम्बन्धित मन्त्रालयको अनुमति लिएर मात्र त्यस्ता तयारी कक्षा पढाउन व्यवस्था गरे पनि धेरै कर्मचारीले अनुमति नै नलिएको पाइएको उनले जानकारी दिए । “यसअघि पनि हामीले अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको थियौँ”, उनले भने, “तर धेरैले अनुमति नलिएको पाइएको छ । सम्बन्धित मन्त्रालयसँग तथ्याङ्क नै छैन ।”

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : १७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान