२२ बैशाख २०८१, शनिबार | May 4, 2024

गृहनगर बुटवल पुगेर नेकपा महासचिव पौडेलले भने : पार्टी एकता कठिन मोडमा(भिडियो सहित)



बुटवल । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का महासचिव विष्णु पौडेलले गृहनगर बुटवल पुगेर पार्टीमा अहिलेसम्मकै सबैभन्दा ठुलो समस्या आएको बताएका छन् ।

काठमाडौबाट बुटवल पुगेर सिधै प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका महासचिव पौडेलले नेपालकै कम्युनिष्ट आन्दोलनमा अहिलेसम्मकै ठुलो समस्या आएको बताएका हुन् ।

पौडेलले नेकपाको जीवन समस्याग्रस्त र अन्तरविरोधग्रस्त भएको बताउँदै नेपाली जनता, नेकपाका मतदाता र लाखौं कार्यकर्ताको चाहाना विपरित पार्टी समस्याग्रस्त भएको बताए ।

यसअघि देखिएका समस्या भन्दा भिन्न प्रकारको समस्या पार्टीमा देखिएको उल्लेख गर्दै पौडेलले पार्टी अत्यन्त कठिन मोडमा गुज्रेको बताए । उनले नेकपाको भविय्य नै कठिन मोडबाट गुज्रिरहेको समेत विश्लेषण गरे ।

महासचिव पौडेलले पार्टीमा देखा परेका समस्याले विगतमा जनतासँग गरेका बाचाहरु, प्रतिवद्धताहरु र बनाईएका योजनाहरु नै अलपत्र पर्ने अवस्थामा पुगेको बताउँदै जनतालाई जवाफ दिन सकेत नसक्ने अवस्थामा नेकपा पुगेको खुलासा गरे ।

उनले पार्टी एकता जोगाउनका लागि आफ्नो अन्तिम क्षणसम्म प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै नेकपालाई एकताबद्ध राख्ने विषय नेकपाको मात्र विषय नभएर नेपाली जनताको भविष्यसँग जोडिएको भएको स्पष्ट पारे ।

नेकपाभित्र आएको समस्याका सम्बन्धमा आफुले समेत बुझ्न नसकेको उल्लेख गर्दै उनले भने –“नेकपामा कहाँबाट त्यस्तो सुनामी आयो ? कहाँबाट त्यस्तो भुकम्प आयो ? के त्यस्तो आँधी आयो ?”

पार्टीमा सैद्धान्तिक र वैचारिक अन्तरविरोध नभएको संकेत गर्दै महासचिव पौडेलले आफ्नै नेतृत्वमा बनेको कार्यदलको सिफरिस अनुसार सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टीसँगको सम्बन्धलाई जीवन्त बनाउन एकता महाधिवेशनको तयारी स्थायी समितिले गरेपनि ती निर्णयहरु कार्यान्वयन नहुँदा समस्या चुलिएको स्पष्ट पारे ।

पार्टीमा विनाकारण अन्तरविरोध चर्केको बताउँदै उनले अनयासै समस्या चर्काइएको आरोप लगाए ।

पछिल्लो समय मर्यादा विपरित क्रियाकलाप देखिएको बताउँदै महासचिव पौडेलले मर्यादा बाहिर गएर कुनै क्रियाकलाप नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

पत्रकारको प्रश्नको जवाफ दिंदै महासचिव पौडेलले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भेटमा सत्ता समिकरणको बिषयमा कुनै पनि कुरा नभएको स्पष्ट पारे । उनले प्रधानन्त्रीसँग सुबिधाजनक बहुमत रहेको अवस्थामा समिकरणको कुरा गर्न आवश्यक नरहेको  बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ३० बजे

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको