१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

गृहनगर बुटवल पुगेर नेकपा महासचिव पौडेलले भने : पार्टी एकता कठिन मोडमा(भिडियो सहित)



बुटवल । नेपाल कम्युनिष्ट पार्टी [नेकपा]का महासचिव विष्णु पौडेलले गृहनगर बुटवल पुगेर पार्टीमा अहिलेसम्मकै सबैभन्दा ठुलो समस्या आएको बताएका छन् ।

काठमाडौबाट बुटवल पुगेर सिधै प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका महासचिव पौडेलले नेपालकै कम्युनिष्ट आन्दोलनमा अहिलेसम्मकै ठुलो समस्या आएको बताएका हुन् ।

पौडेलले नेकपाको जीवन समस्याग्रस्त र अन्तरविरोधग्रस्त भएको बताउँदै नेपाली जनता, नेकपाका मतदाता र लाखौं कार्यकर्ताको चाहाना विपरित पार्टी समस्याग्रस्त भएको बताए ।

यसअघि देखिएका समस्या भन्दा भिन्न प्रकारको समस्या पार्टीमा देखिएको उल्लेख गर्दै पौडेलले पार्टी अत्यन्त कठिन मोडमा गुज्रेको बताए । उनले नेकपाको भविय्य नै कठिन मोडबाट गुज्रिरहेको समेत विश्लेषण गरे ।

महासचिव पौडेलले पार्टीमा देखा परेका समस्याले विगतमा जनतासँग गरेका बाचाहरु, प्रतिवद्धताहरु र बनाईएका योजनाहरु नै अलपत्र पर्ने अवस्थामा पुगेको बताउँदै जनतालाई जवाफ दिन सकेत नसक्ने अवस्थामा नेकपा पुगेको खुलासा गरे ।

उनले पार्टी एकता जोगाउनका लागि आफ्नो अन्तिम क्षणसम्म प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दै नेकपालाई एकताबद्ध राख्ने विषय नेकपाको मात्र विषय नभएर नेपाली जनताको भविष्यसँग जोडिएको भएको स्पष्ट पारे ।

नेकपाभित्र आएको समस्याका सम्बन्धमा आफुले समेत बुझ्न नसकेको उल्लेख गर्दै उनले भने –“नेकपामा कहाँबाट त्यस्तो सुनामी आयो ? कहाँबाट त्यस्तो भुकम्प आयो ? के त्यस्तो आँधी आयो ?”

पार्टीमा सैद्धान्तिक र वैचारिक अन्तरविरोध नभएको संकेत गर्दै महासचिव पौडेलले आफ्नै नेतृत्वमा बनेको कार्यदलको सिफरिस अनुसार सरकारको कामलाई प्रभावकारी बनाउन, पार्टीसँगको सम्बन्धलाई जीवन्त बनाउन एकता महाधिवेशनको तयारी स्थायी समितिले गरेपनि ती निर्णयहरु कार्यान्वयन नहुँदा समस्या चुलिएको स्पष्ट पारे ।

पार्टीमा विनाकारण अन्तरविरोध चर्केको बताउँदै उनले अनयासै समस्या चर्काइएको आरोप लगाए ।

पछिल्लो समय मर्यादा विपरित क्रियाकलाप देखिएको बताउँदै महासचिव पौडेलले मर्यादा बाहिर गएर कुनै क्रियाकलाप नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

पत्रकारको प्रश्नको जवाफ दिंदै महासचिव पौडेलले प्रधानमन्त्री ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भेटमा सत्ता समिकरणको बिषयमा कुनै पनि कुरा नभएको स्पष्ट पारे । उनले प्रधानन्त्रीसँग सुबिधाजनक बहुमत रहेको अवस्थामा समिकरणको कुरा गर्न आवश्यक नरहेको  बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ६ : ३० बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय