४ पुस २०८२, शुक्रबार | December 19, 2025

जिउँदो सालकसहित सशस्त्र प्रहरीसहित दुई जना पक्राउ



भक्तपुर । जिउँदो सालकसहित प्रहरीले आज एक सशस्त्र प्रहरीसहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ शितली गाउँपालिका-३ झार्लाङ्दी घर भई काठमाडौँ महानगरपालिका-२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घर भई काठमाडौँ महानगरपालिका-२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेको प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सालक बोकेर हिँडिरहेको भन्ने सूचना आएपछि दिउँसो १ बजे महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचयपत्र बरामद भएको उनले जानकारी दिए ।

युरिया मलको ५० केजीको बोराभित्र प्लाइको बाकसमा जिउँदो सालक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ पारेका उनीहरुलाई थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुरमा बुझाएको छ । उनीहरुको साथबाट विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोबाइललगायत विभिन्न सामग्रीहरु बरामद गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ६ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको