१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भारतीय विदेश सचिव श्रृंगला आज नेपाल आउँदै, श्रृंगलाको काठमाडौं डायरीमा के नोट हुनेछ ?



काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने भ्रमणका लागि आज काठमाडौं आईपुग्दैछन् ।

श्रृंगला बिहीबार बिहान १० ३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणमा काठमाडौं आउँदै गरेका श्रृंगलाले परराष्ट्र सचिवस्तरीय वार्तामा भाग लिनेछन् । यसका लागि बिहीबार नै नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो याक एन्ड यती होटलमा हुनेछ ।

लामो समयपछि भारतसँग हुन लागेको उच्चस्तरीय बैठकमा सीमा समस्या र प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन ट्रान्समिसन लाइन, आर्थिक सहयोग, व्यापार उर्जा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

श्रृंगला केही समय अघि मात्र भारतीय विदेश सचिवमा नियुक्त भएका थिए । यो उनको पहिलो नेपाल भ्रमण हो । त्यसैले श्रृंगलाको यस भ्रमणलाई शिष्टाचारपूर्ण बनाएर भारतसँग सम्बन्ध सुधारका लागि थप प्रयत्न गर्ने अवसरको रुपमा नेपाल सरकारले लिएको छ ।

पछिल्लो केही महिना यता भारतलाई रिझाउनका लागि दृश्यअदृश्य रुपमा निकै प्रयत्न गरेको सरकारले श्रृंगलासँग हुने वार्तामा नेपालको एजेण्डा राखेपनि निस्कर्षै निस्किने अवस्था भने नरहेको नेपालभारत मामिला जानकारहरु बताउँछन् । नेपालले दुई देशबीचको सम्बन्धको जटिलता र सामयिक परिस्थिति हेरेर बहुपक्षीय एजेन्डा प्रस्तुत गर्ने छ ।

सचिवस्तरीय संयन्त्रको बैठक सकिएपछि श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि श्रृंगलाले शिष्टाचार भेट गर्नेछन् । त्यसअवसरमा मन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो समेत उनले दिनेछन् । सम्बन्ध सुधारका पक्षमा भारत सन्तुष्ट हुनेगरी थप काम भएपछि ज्ञवाली आगामी डिसेम्बरको मध्यतिर नयाँ दिल्लीको भ्रमण हुने बुझिएको छ ।

श्रृंगलालले यसपटक भारतको कुरा राख्नेभन्दा पनि नेपालको कुरा सुन्ने विश्लेषण गरिएको छ । दक्षिण एशियामा भुटनाबाहेक कुनै पनि छिमेकीसँग मजबुद सम्बन्ध बनाउन नसकेको भारतले छिमेकी चीनसँग बढ्दै गएको सीमा तनाबका कारण नेपाललाई थप नविच्क्याउने रणनीति लिएको छ । नेपाललाई फकाउँदै आफ्नो सुरक्षा छातामुनी राख्ने योजना रहेको भारतले केही समय अघि बाह्य गुप्तचर प्रमुख सामन्तकुमार गोयलमार्फत आफ्नो प्रष्ट सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाइसकेको छ । त्यसलगत्तै सेनाप्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणले सैन्य कुटनीतिमार्फत सम्बन्ध सुधारको काम भएको छ । यसपटक नेपालको कुरा सुनिसकेपछि भारतले उपयुक्त समयमा नेपाललाई जवाफ फर्काउनेछ ।

यसबाहेक भ्रमणको औपचारिक एजेण्डामा नरहेको भेटवार्ता हुनेछ । विगतमा भारतीय विदेश सचिवको दर्शन भेट गर्न नेपाली नेताहरु लाइन लागेर होटलमा पुग्नेगर्थे । यसपटकपनि श्रृंगलासँग नेपालका नेताहरुको भेट हुनेछ ।

सत्तारुढ दल नेकपाभित्र चलेको नेतृत्वको विवादलाई भारतले मलजल गरेको कुरा छिपेको छैन । प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्ष दुवैलाई समर्थनको ‘ललिपप’ देखाएको भारतले नेकपा विभाजनमा आफ्नो हित देखेको छ । नेकपाको संभावित विभाजनपछि हुने समिकरणपछि सत्ताबाट बाहिर बस्न बाध्य प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र मधेशी नेताहरुलाई समेत राम्रै अफर हुनसक्ने संकेत भारतले दिइसकेको छ । श्रृंगलाले नयाँ दिल्लीमा गर्ने ब्रिफिङपछि भारतले नेपालबारे थप रणनीति तय गर्नेछ ।

विदेशसचिव श्रृंगलालले शुक्रबार नेपाल भारतसम्बन्धबारे सांग्रिला होटलमा आयोजना हुँदै गरेको विशेष सेमिनारलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नेपाल भारत सम्बन्ध मात्र नभएर दक्षिण एशियामा भारतको अवस्था र अडानबारे समेत सम्बोधनका क्रममा प्रष्ट पार्नेछन् ।

यसबाहेक श्रृंगलालले कोरोना भाइरस विरुद्ध नेपाललाई भ्याक्सिन उपलब्ध गराउने घोषणा गर्नेछन् । यसबारे भारतीय दूताबासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । श्रृंगला शुक्रबार अपरान्ह १ बजे नयाँ दिल्ली फर्किने छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ८ : ५४ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार